कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी « Khabarhub

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई युरोपको आइआइइचएसआर विश्वविद्यालयले उनलाई विद्यावारिधी प्रदान गरेको हो ।

डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । विश्व विद्यालयका प्रतिनिधि जेम्स केरी र अन्य प्रतिष्ठित अतिथिहरूले डा। उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधी प्रदान गरेका थिए ।

समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गरेका उपाध्यायलाई यसअघि विभिन्न आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उनको नवौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि आठ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।उनले गीत सङ्गीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् ।

यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको पछिल्लो उपन्यास ‘आशक्ति’ रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : ३४ बजे

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु