देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु « Khabarhub

देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ– प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो ।

तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उनको भनाइ छ ।

समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुल जीर्ण भएकाले ‘सस्पेन्सन बृज’ डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट खटिएका प्राविधिकको टोलीले मर्मत गरिरहेको जनाउँदै मर्मतमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरिएको बरालले बताए ।

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन पुल मर्मतमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको निर्देशक बरालले बताए । पुल मर्मत पूरा नहुँदासम्म उक्त अवधिभर मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ । पुल मर्मतका लागि प्राविधिक र मजदूर गरी छ जना खटिएका छन् ।

विसं २०३७ मा निर्मित उक्त झोलुङ्गे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । दैनिक हजारौँ आवतजावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी आवतजावत गर्ने गरेको निर्देशक बरालले जानकारी दिए ।

विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले देवघाट आउनका लागि हाल ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल रहेपनि देवघाट आउनेमध्ये करिब ९५ प्रतिशतले सोही पुल प्रयोग गर्ने गरेका जानकारी दिए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्न माग गर्दै केही दिन अगाडि सस्पेन्सन बृज डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ४१ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म