देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु « Khabarhub

देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ– प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो ।

तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उनको भनाइ छ ।

समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुल जीर्ण भएकाले ‘सस्पेन्सन बृज’ डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट खटिएका प्राविधिकको टोलीले मर्मत गरिरहेको जनाउँदै मर्मतमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरिएको बरालले बताए ।

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन पुल मर्मतमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको निर्देशक बरालले बताए । पुल मर्मत पूरा नहुँदासम्म उक्त अवधिभर मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ । पुल मर्मतका लागि प्राविधिक र मजदूर गरी छ जना खटिएका छन् ।

विसं २०३७ मा निर्मित उक्त झोलुङ्गे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । दैनिक हजारौँ आवतजावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित दैनिक छ हजारभन्दा बढी आवतजावत गर्ने गरेको निर्देशक बरालले जानकारी दिए ।

विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले देवघाट आउनका लागि हाल ठिमुराको पुल, दासढुङ्गाको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल रहेपनि देवघाट आउनेमध्ये करिब ९५ प्रतिशतले सोही पुल प्रयोग गर्ने गरेका जानकारी दिए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्न माग गर्दै केही दिन अगाडि सस्पेन्सन बृज डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ४१ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक