उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु « Khabarhub

उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गरे । एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । निर्माण कम्पनीसँग २०८२ जेठ १५ गतेभित्र निर्माण सक्नेगरी सम्झौता भएको हो ।

पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर पुननिर्माण गरिने अध्यक्ष गुरुङले बताए । उनले भने, ‘पुरातत्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघरको पुनर्निर्माण सुरु गरेका हौँ ।’

उनका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ । पर्यटकको मागअनुसार फोटो खिच्नका लागि आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा ‘आईलभगढी’ लेखेको संरचना निर्माण गरिएको छ ।

कोतघर निर्माणसँगै गाउँपालिकाले नेपाली सेनासँग समन्वय गरी उपर्दाङ्गढीमा तोपसहित पुराना हाततियार राखिनेछ । साथै ढुङ्गेधारा, ढुङ्गाको सिँढीबाटो समेत निर्माण गरिने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

उपर्दाङ्गगढी क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व झल्किने गरी भौतिक संरचना निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

यहाँ कोतघर निर्माणसँगै तोपसहित पुराना हातहतियार राखेपछि पर्यटकको आवामगन बढ्ने र गाउँपालिकाको आम्दानीको स्रोत बन्ने बताए । अहिले उपर्दाङ्गगढी घुम्न आउने पर्यटकबाट वार्षिक सातदेखि आठ लाखसम्म टिकट शुल्कबाट आम्दानी हुँदै आएको उनको भनाइ छ ।

तत्कालीसन समयमा उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गर्नुभएको थियो । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : ०२ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा