तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा « Khabarhub

तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तालिबान सरकारले मंगलबार कतारको मध्यस्थतामा अमेरिकी कैदीहरूको बदलामा एक अफगान कैदीको रिहाइ भएको घोषणा गरेको छ ।

‘अमेरिकामा बन्दी बनाइएका अफगान लडाकु खान मोहम्मदलाई अमेरिकी नागरिकको बदलामा रिहा गरी देश फिर्ता गरिएको छ’, अफगान विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । 

मन्त्रालयका अनुसार मोहम्मदले ‘करिब दुई दशकअघि’ अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा पक्राउ परेपछि क्यालिफोर्निया राज्यमा आजीवन कारावासको सजाय भोगिरहेका थिए ।

एएफपीले सोधेको प्रश्नमा विदेश मन्त्रालयले थप विवरण वा अमेरिकी कैदीहरूको सङ्ख्या खुलाउन अस्वीकार गरेको छ । 

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको भोलिपल्ट आएको हो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा तालिबानसँग सम्झौता गरेका थिए र उक्त सम्झौताले सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने र तालिबानको सत्तामा पुनर्बहाली हुने मार्ग प्रशस्त गरेको थियो ।

नोभेम्बरमा ट्रम्पको चुनावी विजयपछि तालिबान सरकारले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ को आशा गरेको बताएको थियो ।

तालिबान सरकारले मंगलबार यो आदानप्रदानलाई ‘वार्ताको माध्यमबाट मुद्दाहरू समाधान गर्ने राम्रो उदाहरण’ भन्दै यस सन्दर्भमा भ्रातृ देश कतारको प्रभावकारी भूमिकाका लागि विशेष कृतज्ञता व्यक्त गरेको छ । 

‘अफगानिस्तान संयुक्त राज्य अमेरिकाका ती कार्यहरूलाई सकारात्मक रूपमा हेर्छ जसले दुई देशबीचको सम्बन्धको सामान्यीकरण र विस्तारमा योगदान पुर्‍याउँछ’, मन्त्रालयले भन्यो । 

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ४६ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु