तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा | Khabarhub Khabarhub

तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तालिबान सरकारले मंगलबार कतारको मध्यस्थतामा अमेरिकी कैदीहरूको बदलामा एक अफगान कैदीको रिहाइ भएको घोषणा गरेको छ ।

‘अमेरिकामा बन्दी बनाइएका अफगान लडाकु खान मोहम्मदलाई अमेरिकी नागरिकको बदलामा रिहा गरी देश फिर्ता गरिएको छ’, अफगान विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । 

मन्त्रालयका अनुसार मोहम्मदले ‘करिब दुई दशकअघि’ अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा पक्राउ परेपछि क्यालिफोर्निया राज्यमा आजीवन कारावासको सजाय भोगिरहेका थिए ।

एएफपीले सोधेको प्रश्नमा विदेश मन्त्रालयले थप विवरण वा अमेरिकी कैदीहरूको सङ्ख्या खुलाउन अस्वीकार गरेको छ । 

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको भोलिपल्ट आएको हो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा तालिबानसँग सम्झौता गरेका थिए र उक्त सम्झौताले सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने र तालिबानको सत्तामा पुनर्बहाली हुने मार्ग प्रशस्त गरेको थियो ।

नोभेम्बरमा ट्रम्पको चुनावी विजयपछि तालिबान सरकारले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ को आशा गरेको बताएको थियो ।

तालिबान सरकारले मंगलबार यो आदानप्रदानलाई ‘वार्ताको माध्यमबाट मुद्दाहरू समाधान गर्ने राम्रो उदाहरण’ भन्दै यस सन्दर्भमा भ्रातृ देश कतारको प्रभावकारी भूमिकाका लागि विशेष कृतज्ञता व्यक्त गरेको छ । 

‘अफगानिस्तान संयुक्त राज्य अमेरिकाका ती कार्यहरूलाई सकारात्मक रूपमा हेर्छ जसले दुई देशबीचको सम्बन्धको सामान्यीकरण र विस्तारमा योगदान पुर्‍याउँछ’, मन्त्रालयले भन्यो । 

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ४६ बजे

आजका समाचार : ट्रम्पको घोषणाले विश्वभर हलचल, माघ १८ गते संसद् अधिवेशन र कारबाहीमा परे सन्दीप 

राष्ट्रपतिबाट माघ १८ गते संसद् अधिवेशन आह्वानराष्ट्रपति रामचन्द्र पौडेलले संघीय

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेट 

काठमाडौं– गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई

टर्कीको स्की रिसोर्टमा आगलागी, मर्नेको संख्या ६६ पुग्यो

इस्तानबुल– टर्कीको उत्तर पश्चिमी बोलु प्रान्तस्थित एक स्की रिसोर्टमा मंगलबार

हिउँदे अधिवेशन : पहिलो बैठकमा ६ अध्यादेश र दुई विधेयक पेस हुने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन

यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

ढोरपाटन– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व