चितवनमा प्रचण्डले भने : ओली नेतृत्वको सरकार चाँडै ढल्छ | Khabarhub Khabarhub

चितवनमा प्रचण्डले भने : ओली नेतृत्वको सरकार चाँडै ढल्छ


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार धेरै लामो नजाने दाबी गरेका छन् ।

काठमाडौं फर्किने क्रममा चितवनको भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा केपी शर्मा ओ‌ली नेतृत्वको सरकारबारे दाहाले यस्तो अड्कल काटेका हुन् ।

प्रचण्डले ओली नेतृत्वको सरकार धेरै नजाने घोषणा गरिरहँदा कांग्रेस नेताहरू डा. शशांक कोइराला र डा. चन्द्र भण्डारी पनि साथमा थिए ।

‘यो सरकार धेरै लामो जान्छ भन्ने हामीलाई लाग्दैन । यो कुरा मैले प्रष्टसँग भन्ने गरेको छु । यो गठबन्धन स्वभाविक छैन । पारदर्शी पनि छैन । यसका काम पनि उल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजैमर्दो अवस्था भइसकेको छ’, दाहालले भने ।

प्रचण्डले ओली नेतृत्वको सरकार छिट्टै ढल्ने बताइरहँदा माओवादीको प्रथामिकता सरकार नरहेको जिकिर गर्न पनि भ्याए । ‘हाम्रो प्रथामितामा सरकार छैन, तर यो सरकार धेरै जाँदैन’, दाहाले भने, ‘माओवादी अहिले संगठन निर्माणमा लागिरहेको छ ।’

उता दाहालले बोलिसकेपछि उनको साथमा विमानस्थलको भीआईपी कक्षमा रहेका कांग्रेस नेता कोइरालाले एमालेसँग मिलेर राजनीतिक स्थायित्व दिन सकिने विश्वाससहित सहकार्य गरेको बताए ।

राजनीतिमा जेसुकै सम्भव रहेको बताएका कोइरालाले प्रचण्डले सरकार लामो नजाने भनेर दिएको वक्तव्यमा मौनता साँधे । यसबारे कांग्रेसका अर्का नेता भण्डारीले प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : ३७ बजे

कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाए : राजेन्द्र महतो

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि

कोशीका मुख्यमन्त्रीसँग भौतिक मन्त्रीको टकराव, संघबाट गएका सचिवले २० दिनदेखि हाजिर गर्न पाएनन्

काठमाडौँ- संघीय सरकारको गत साउन २६ गतेको निर्णयअनुसार कोशी प्रदेशको

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो 

काठमाडौं– पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको छ

व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध

दार्चुला– चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिंकरमा तीन सातादेखि सञ्चार

१७ अंकले घट्यो नेप्से, साढे ४ अर्ब पनि पुगेन कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ