चितवनमा प्रचण्डले भने : ओली नेतृत्वको सरकार चाँडै ढल्छ « Khabarhub

चितवनमा प्रचण्डले भने : ओली नेतृत्वको सरकार चाँडै ढल्छ


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार धेरै लामो नजाने दाबी गरेका छन् ।

काठमाडौं फर्किने क्रममा चितवनको भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा केपी शर्मा ओ‌ली नेतृत्वको सरकारबारे दाहाले यस्तो अड्कल काटेका हुन् ।

प्रचण्डले ओली नेतृत्वको सरकार धेरै नजाने घोषणा गरिरहँदा कांग्रेस नेताहरू डा. शशांक कोइराला र डा. चन्द्र भण्डारी पनि साथमा थिए ।

‘यो सरकार धेरै लामो जान्छ भन्ने हामीलाई लाग्दैन । यो कुरा मैले प्रष्टसँग भन्ने गरेको छु । यो गठबन्धन स्वभाविक छैन । पारदर्शी पनि छैन । यसका काम पनि उल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजैमर्दो अवस्था भइसकेको छ’, दाहालले भने ।

प्रचण्डले ओली नेतृत्वको सरकार छिट्टै ढल्ने बताइरहँदा माओवादीको प्रथामिकता सरकार नरहेको जिकिर गर्न पनि भ्याए । ‘हाम्रो प्रथामितामा सरकार छैन, तर यो सरकार धेरै जाँदैन’, दाहाले भने, ‘माओवादी अहिले संगठन निर्माणमा लागिरहेको छ ।’

उता दाहालले बोलिसकेपछि उनको साथमा विमानस्थलको भीआईपी कक्षमा रहेका कांग्रेस नेता कोइरालाले एमालेसँग मिलेर राजनीतिक स्थायित्व दिन सकिने विश्वाससहित सहकार्य गरेको बताए ।

राजनीतिमा जेसुकै सम्भव रहेको बताएका कोइरालाले प्रचण्डले सरकार लामो नजाने भनेर दिएको वक्तव्यमा मौनता साँधे । यसबारे कांग्रेसका अर्का नेता भण्डारीले प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : ३७ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय