मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् « Khabarhub

मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस्


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकावासीको खानेपानी समस्या समाधानका लागि यसै वर्ष टेन्डर लगाउने प्रतिबद्धता जनाएका छन् ।

खानेपानी समस्या समाधानको खोजीमा मंगलबार सिंहदरबार छिरेका धरानका मेयर हर्कराज राईसँगको भेटवार्तामा उनले एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा समाधान खोजिने बचन दिएका हुन् ।

मेयर साम्पाङ र मन्त्री यादवबीच भेटवार्तामा खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरपालिकाले लिने सहमति भएको छ । त्यसपछि मन्त्रालयले ठेक्का लगाइदिने प्रतिवद्धता मन्त्रीले जनाएका छन् ।

‘मैले धरानवासीको खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेन्डर आह्वान गर्ने प्रतिबद्धता गरेको छु,’ मन्त्री यादवले भने ।

खानेपानी व्यवस्थापनका लागि टेन्डर आह्वान गरिएको सूचनासहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता जनाएको उनले बताएका छन् ।

आफूले नगरप्रमुख साम्पाङलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशीसहित धरान फर्किन भनेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ३ : ०३ बजे

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र