राष्ट्रपति सी र समकक्षी पुटिनबीच भिडियो वार्ता !  « Khabarhub

राष्ट्रपति सी र समकक्षी पुटिनबीच भिडियो वार्ता ! 


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेको बेइजिङको सरकारी मिडियाले जनाएको छ ।

सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गरेको ’ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

प्रसारकले वार्तामा के विषयमा छलफल भयो भन्ने बारे तत्काल विवरण दिएको छैन । चीनले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ ।

तर बेइजिङ मस्कोको नजिकको राजनीतिक र आर्थिक साझेदार बनेको छ र युद्धको कहिल्यै निन्दा गरेको छैन । त्यसैले केही नाटो सदस्यहरूले बेइजिङलाई द्वन्द्वको ‘सहजकर्ता’ का रूपमा चित्रण गरेका छन् ।

दुवै पक्षले सी र पुटिनको कथित बलियो व्यक्तिगत सम्बन्धलाई महत्त्व दिएका छन् । सीले रुसी नेतालाई आफ्नो ‘सबैभन्दा राम्रो साथी’ भनेका छन भने पुटिनले सीलाई ‘भरपर्दो साझेदार’ का रूपमा प्रशंसा गरेका छन् ।

गत महिना पुटिनलाई पठाएको नयाँ वर्षको सन्देशमा सीले ‘विश्व शान्ति र विकास’ लाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ४ : ०८ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु