महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता, चुनाव चिह्न ग्यास सिलिन्डर | Khabarhub Khabarhub

महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता, चुनाव चिह्न ग्यास सिलिन्डर


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजेन्द्र महतो अध्यक्ष रहने गरी गठन गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ । गत ९ कात्तिकमा परेको निवेदनको छानबिनपछि आयोगले महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो ।

पार्टीका नेता केशव झाका अनुसार राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता भएको छ । झाका अनुसार माछा चुनाव चिह्न माग्दै निवेदन गरिएकोमा आयोगले ग्यास सिलिन्डर तोकिदिएको छ । महतोले १७३ जना केन्द्रीय सदस्य कायम गर्दै दल दर्ताका लागि निवेदन दिएका थिए ।

यो दललाई गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डासमेत प्रदान गरिएको छ।

दल दर्ता नं. २०१ कायम भएको झाले बताएका छन् । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी आगाडि बढ्ने पनि झाले बताएका छन् ।

२०८० फागुन महतोले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति अभियान सञ्चालन गरेका थिए।

महतोले यसअघि सद्भावना पार्टी (आनन्दीदेवी), राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा रहेर राजनीति गरिसकेका छन् । उनी पटक–पटक मन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : ०० बजे

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली