भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु | Khabarhub Khabarhub

भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय सुरक्षा बलले मंगलबार एक जना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडाइँहरूमध्ये सबैभन्दा ठूलो भनेका छन् ।

गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।

नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जंगलमा रहेका छापामारहरूको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मंगलबारको झडप भएको हो ।

भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।

नक्सलाइट भनेर पनि चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओ त्से तुङबाट प्रेरित थिए । नक्सलाइट सन् १९६७ मा उनीहरूको सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट राखिएको हो ।

‘नक्सलवादलाई अर्को ठूलो झट्का’, गृहमन्त्री अमित शाहले १४ विद्रोहीलाई ‘समाप्त’ बनाएको पुष्टि गर्दै विज्ञप्तिमा भने।

विद्रोहीहरूलाई परास्त गर्न सन् २०२६ मार्चको समयसीमा तय गर्नुभएका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताए।

यस क्षेत्रमा अतिरिक्त बल पठाइएको प्रहरीले जनाएको छ । ‘सुरक्षा बल अझै जङ्गलभित्र छ’, छत्तीसगढको माओवादी विरोधी अभियानका प्रमुख विवेकानन्द सिन्हाले भने ।

माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।

उनीहरूले भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे र सन् २००० को सुरुआतसम्म आन्दोलन शक्ति र सङ्ख्यामा बढ्दै गयो । त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्‍यो ।

यस द्वन्द्वमा सरकारी बलमाथि पनि धेरै घातक आक्रमणहरू भएका छन् । यस महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ जना भारतीय सैनिकको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ५८ बजे

सलमान खानका बडीगार्ड १०० करोडका मालिक : २९ वर्षदेखि अटुट साथ

काठमाडौं – बलिउड अभिनेता सलमान खानका फ्यानहरूका लागि उनको जीवनको

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ ।

बुमराहले पाँचौँ टेस्ट नखेल्ने

काठमाडौं – एन्डरसन तेन्दुलकर ट्रफी अन्तरगत बिहीबार ओभलमा सुरु हुने

प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायलले केही शर्त स्वीकार