टर्कीको स्की रिसोर्टमा आगलागी, मर्नेको संख्या ६६ पुग्यो « Khabarhub

टर्कीको स्की रिसोर्टमा आगलागी, मर्नेको संख्या ६६ पुग्यो


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीको उत्तर पश्चिमी बोलु प्रान्तस्थित एक स्की रिसोर्टमा मंगलबार भएको आगलागीबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ।

एक अधिकारीका अनुसार बोलूस्थित १२ तले उक्त ग्रान्ड कार्टाल होटलमा स्थानीय आगो लाग्दा २३४ जना बास बसेका थिए ।

बोलू राजधानी अंकाराबाट १७० किलोमिटर उत्तर-पश्चिममा अवस्थित छ ।

सुरुमा १० जनाको भएको भनिए पनि अहिले मृतकको संख्या बढेर ६६ पुगेको बीबीसीले जनाएको छ। त्यहाँका आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत मृतकको संख्या बढिरहेको बताएका छन् ।

प्रान्तीय गभर्नर अब्दुलअजिज आयडिनले स्थानीय समयअनुसार बिहान ३ः३० बजे एउटा स्की रिसोर्टमा आगलागी भएको बताए । त्यसक्रममा दुई जनाको भवनबाट हाम फालेर माग्ने क्रममा मृत्यु भएको थियो ।

एनटीभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाएको थियो । विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटेलहरूमा ठूलो भीड थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ४० बजे

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ

संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन