टर्कीको स्की रिसोर्टमा आगलागी, मर्नेको संख्या ६६ पुग्यो « Khabarhub

टर्कीको स्की रिसोर्टमा आगलागी, मर्नेको संख्या ६६ पुग्यो


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीको उत्तर पश्चिमी बोलु प्रान्तस्थित एक स्की रिसोर्टमा मंगलबार भएको आगलागीबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ।

एक अधिकारीका अनुसार बोलूस्थित १२ तले उक्त ग्रान्ड कार्टाल होटलमा स्थानीय आगो लाग्दा २३४ जना बास बसेका थिए ।

बोलू राजधानी अंकाराबाट १७० किलोमिटर उत्तर-पश्चिममा अवस्थित छ ।

सुरुमा १० जनाको भएको भनिए पनि अहिले मृतकको संख्या बढेर ६६ पुगेको बीबीसीले जनाएको छ। त्यहाँका आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत मृतकको संख्या बढिरहेको बताएका छन् ।

प्रान्तीय गभर्नर अब्दुलअजिज आयडिनले स्थानीय समयअनुसार बिहान ३ः३० बजे एउटा स्की रिसोर्टमा आगलागी भएको बताए । त्यसक्रममा दुई जनाको भवनबाट हाम फालेर माग्ने क्रममा मृत्यु भएको थियो ।

एनटीभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाएको थियो । विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटेलहरूमा ठूलो भीड थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ४० बजे

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको