हाम्रा हिमाल काला भए, सगरमाथा संवादमा छलफल गर्छौं : प्रधानमन्त्री | Khabarhub Khabarhub

हाम्रा हिमाल काला भए, सगरमाथा संवादमा छलफल गर्छौं : प्रधानमन्त्री


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताएका छन्‌ ।

नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवाद घोषणा समारोहमा उनले यो संवाद, संवाद, सहमति र सहकार्यको माध्यमबाट विश्वव्यापी समझदारी र सहयोगलाई बढावा दिने नेपालको नीतिअनुरूप रहेको बताए । यो संवाद साझा हित र मानव जातिको सामूहिक कल्याणको भावनाबाट प्रेरित रहेको उनको भनाइ छ ।

‘सुरूआतमा, हामीले सगरमाथा संवादको पहिलो संस्करण मे २०२५ मा ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा आयोजना गर्ने निर्णय गरेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘आज हामी संवादको घोषणा गर्दै गर्दा, संयुक्त राष्ट्र सङ्घको हिमनदी संरक्षणको लागि अन्तर्राष्ट्रिय वर्ष २०२५ को आह्वानप्रति ऐक्यबद्धता पनि व्यक्त गर्दछौँ । यसले तीव्र गतिमा पग्लिरहेका हिमनदीको संरक्षण गर्न र हिउँले ढाकिएका हिमालयजस्ता पृथ्वीका दुर्लभ स्रोतहरूको महत्त्वबारे जनचेतना जगाउने उद्देश्य राखेको छ ।’

उनले धेरै औद्योगिक देशहरूले प्रकृतिको मूल्यमा आफूलाई समृद्ध बनाएका उल्लेख गर्दै यस्ता प्रवृत्तिहरूले जलवायु परिवर्तनको मुद्दालाई पनि चर्काएको बताए । जलवायु परिवर्तनका कारण हुने विपत्तिले धेरैको ज्यान लिएको र विकासको बाटोलाई अझ महँगो बनाएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले संस्कृतको भनाइ ‘वादैवादे जायते तत्त्वबोधः’ स्मरण गराउँदै यसले सत्य पत्ता लगाउनको लागि छलफलको महत्त्वलाई जोड दिने उल्लेख गरे ।

‘यो मेरो पनि दृढ विश्वास हो, आजका धेरै समस्याहरूको समाधान सामूहिक चिन्तन र साझा प्रतिविम्बनमा आधारित हुनुपर्छ । समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्न र बहु–सङ्कटले भरिएको बाटोमा अघि बढ्नको लागि एक खुला संवाद आवश्यक छ’, उनले भने, ‘यही कुरालाई महसुस गरी २०१९ मा सगरमाथा संवादको अवधारणा अघि सारिएको हो । तर, कोभिड–१९ महामारीको कारण यो संवादको पहिलो संस्करण आयोजना गर्ने हाम्रो प्रारम्भिक योजना स्थगित भएको थियो ।’

हालका वर्षहरूमा नेपालले हासिल गरेका उपलब्धिलाई बिर्सनु नहुने उल्लेख गर्दै उनले नेपालले लोकतन्त्रलाई सबै आयाममा व्यापक बनाउन हरसम्भव प्रयास गरिरहेको जानकारी गराए ।

‘राजनीतिक मुद्दाहरू लगभग समाधान भइसकेपछि, हामी सामाजिक–आर्थिक रूपान्तरणमा पूर्णरूपमा केन्द्रित छौँ । हाम्रो राष्ट्रिय आकाङ्क्षा, ‘समृद्ध नेपाल, सुखी नेपाली, ‘आर्थिक समानता र सामाजिक कल्याणमा आधारित छ’, प्रधानमन्त्री ओलीले भने ।

सगरमाथा संवादको पहिलो संस्करण विशेषगरी हिमालको सन्दर्भमा जलवायु परिवर्तनको प्रश्नसँग सम्बन्धित हुने बताउँदै उनले यस वर्ष मात्रै नेपालले विभिन्न स्थानमा धेरै विपत्ति देखेको अवगत गराए ।

‘हामीले देख्न सक्छौँ, जलवायु परिवर्तनले उच्च पहाड र तटीय क्षेत्रहरूमा सबैभन्दा बढी असर गरिरहेको छ । हिमालय पनि यसबाट अछुतो छैन । उचाइमा आधारित तापक्रम वृद्धिको कारण, हाम्रो हिमालको तापक्रम विश्व औसतभन्दा छिटो बढ्दैछ’, प्रधानमन्त्री ओलीले भने । नेपालका हिउँले ढाकिएका पहाडले पृथ्वीको जलवायुलाई स्थिर बनाउन प्राकृतिक भूमिका खेलेको बताउँदै उनले हिमालयलाई महासागरको स्वास्थ्य कायम राख्नको लागि महत्वपूर्ण प्रभाव पार्ने भएकाले ‘तेस्रो ध्रुव’ को रूपमा पनि चिनिने उल्लेख गरे ।

हिउँको तीव्र पग्लने र अप्रत्याशित वर्षाले एक समय हिउँले ढाकिएका सेता हिमाललाई कालो चट्टानमा परिणत गरेको बताउँदै उनले जलवायु विपद्को सन्दर्भमा मानिस, समाज र संस्कृतिको अस्तित्व नै खतरामा परेको उल्लेख गरे ।

हाम्रो कार्बन उत्सर्जन अत्यन्तै कम भए पनि, नेपालले जलवायु परिवर्तनको विनाशकारी प्रभाव सामना गरिरहेको छ । यद्यपि, नेपाल सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने र महत्वाकाङ्क्षी जलवायु योजना कार्यान्वयन गर्न प्रतिबद्ध छ’, उनले भने, ‘हामीले वन क्षेत्र विस्तार गरेका छौँ, स्वच्छ ऊर्जालाई प्रवद्र्धन गरेका छौँ र जैविक विविधताको रक्षा गरेका छौँ । तर, हाम्रो प्रयास मात्र पर्याप्त छैन र हामी जलवायु सङ्कटको लागि ऐतिहासिक रूपमा जिम्मेवार भएकाको लापर्वाहीलाई सधैँभरि क्षतिपूर्ति गर्न सक्दैनौँ ।’ रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : २३ बजे

विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आईसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा

सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु

काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय

सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सशस्त्र प्रहरीले सीमा सुरक्षा,

गौर अस्पतालमा पहिलो पटक आङ खस्ने रोगको सफल अपरेसन

रौतहट– रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा सेवा बिस्तार भएसँगै उपचार

सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले