‘कर्णालीमा सुशासनको चुनौती छ’ « Khabarhub

‘कर्णालीमा सुशासनको चुनौती छ’


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सुशासनको चुनौती रहेको बताएका छन्‌ ।

स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाद्वारा सुर्खेतमा आज आयोजित ‘अन्तरपालिकास्तरीय उत्तम अभ्यास आदानप्रदान कार्यक्रम’ मा मुख्यमन्त्री कँडेलले कर्णालीमा सुशासन, स्रोत साधनको उपलब्धता, त्यसको सही प्रयोग र पारदर्शिता कायम चुनौतीको सवाल भएको बताए ।

जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रदेश सरकारले कुनै व्यक्तिका आकाङ्क्षा र चाहना पूरा गर्न सकेन होला तथापि समग्रमा आम जनताको चाहनाअनुसारको काम गरेको महसुस गरेको छु र त्यसले नागरिकमा अनुभूति भएको पाएको छु ।’

सुशासनको कुरा सबैले गर्ने, तर कार्यान्वयनमा हराउने प्रवृत्ति विद्यमान रहेकाले अब उपरान्त नडगमगाइ अघि बढ्दा सबैले समर्थन गर्ने परिस्थिति सृजना हुने उनको भनाइ थियो ।

पछिल्लो समयमा जनतामा केही हुन्छ, केही भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको आफूले पाएको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी कुरा जनताले मूल्याङ्कन गर्ने तर्क गरे ।

कर्णालीको विकासबिना मुलुकको विकास असम्भव भएकाले प्रदेश सरकारका प्राथमिकताका योजनामा सङ्घ सरकारले गम्भीरताका साथ सहयोग गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ४० बजे

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य

नेप्से परिसूचकमा २७.८५ अंकको वृद्धि

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८