‘कर्णालीमा सुशासनको चुनौती छ’ | Khabarhub Khabarhub

‘कर्णालीमा सुशासनको चुनौती छ’


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सुशासनको चुनौती रहेको बताएका छन्‌ ।

स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाद्वारा सुर्खेतमा आज आयोजित ‘अन्तरपालिकास्तरीय उत्तम अभ्यास आदानप्रदान कार्यक्रम’ मा मुख्यमन्त्री कँडेलले कर्णालीमा सुशासन, स्रोत साधनको उपलब्धता, त्यसको सही प्रयोग र पारदर्शिता कायम चुनौतीको सवाल भएको बताए ।

जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रदेश सरकारले कुनै व्यक्तिका आकाङ्क्षा र चाहना पूरा गर्न सकेन होला तथापि समग्रमा आम जनताको चाहनाअनुसारको काम गरेको महसुस गरेको छु र त्यसले नागरिकमा अनुभूति भएको पाएको छु ।’

सुशासनको कुरा सबैले गर्ने, तर कार्यान्वयनमा हराउने प्रवृत्ति विद्यमान रहेकाले अब उपरान्त नडगमगाइ अघि बढ्दा सबैले समर्थन गर्ने परिस्थिति सृजना हुने उनको भनाइ थियो ।

पछिल्लो समयमा जनतामा केही हुन्छ, केही भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको आफूले पाएको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी कुरा जनताले मूल्याङ्कन गर्ने तर्क गरे ।

कर्णालीको विकासबिना मुलुकको विकास असम्भव भएकाले प्रदेश सरकारका प्राथमिकताका योजनामा सङ्घ सरकारले गम्भीरताका साथ सहयोग गर्नुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ४० बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो