कोशीका मुख्यमन्त्रीको नयाँ योजना – ४०० किलोमिटर पदमार्ग ! « Khabarhub

कोशीका मुख्यमन्त्रीको नयाँ योजना – ४०० किलोमिटर पदमार्ग !


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

झापा – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा दुई अर्ब ४५ करोड रुपैयाँ लगानी साझेदारीमा ४०० किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताएका छन्‌ ।

विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि कोशी प्रदेशको पहाडी जिल्लामा चार वटा पदमार्गको निर्माण चालु आर्थिक वर्षमै सुरू गरिएको बताए । पहाडी जिल्लालाई समेटेर मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, चिया पदमार्ग र महागुरू फाल्गुनन्द पदमार्गको निर्माण भइरहेको उनले बताए ।

चारवटा पदमार्ग निर्माणमा दुई अर्ब ४५ करोड रुपैयाँ लगानी हुने जनाउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि स्वीट्जरल्यान्ड सरकारबाट एक अर्ब ३५ करोड रुपैयाँ अनुदान प्राप्त हुने जानकारी दिए । ती परियोजनामा नेपाल सरकारले २० करोड, कोशी प्रदेश सरकारले ४५ करोड र २९ वटा पालिकाले ४४ करोड रुपैयाँ लगानी साझेदारी गर्ने उनको भनाइ छ ।

चालु आव २०८१/०८२ को साउनदेखि काम सुरू भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले वि.सं. २०८५ को साउन महिनाभित्र चारवटै पदमार्गको निर्माण सम्पन्न हुने लक्ष्य राखिएको बताए ।

इलामको सूर्योदय नगरपालिकामा बन्ने चियाबारी पदमार्ग १९ किलोमिटर लामो हुने, पाँचथरको फिदिमबाट इलामको सन्दकपुरसम्म छवटा पालिका जोड्ने महागुरू फाल्गुनन्द पदमार्ग ६८ किलोमिटर लामो हुने, तेह्रथुमदेखि खोटाङसम्मका पहाडी जिल्ला जोड्ने लालीगुराँस पदमार्ग १६० किलोमिटर लामो हुने र उदयपुरदेखि भोजपुर, सङ्खुवासभा र खोटाङ जोड्ने मुन्धुम पदमार्ग १६८ किलोमिटर लामो हुने उनले जानकारी दिए ।

कोशी प्रदेशमा कृषि, पर्यटन र व्यापारको ठूलो सम्भावना रहेको हुँदा २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाउने प्रदेश सरकारले घोषणा गरिसकेको मुख्यमन्त्री कार्कीले बताए । उनले भने, ‘हाम्रा पहाडलाई अब उजाड, बन्जर र बाँदरको राज्य हुन दिइने छैन । ’

कार्कीले प्रदेश सरकारले लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन गर्न लागिरहेको र सम्मेलनमा कृषि, पर्यटनलगायतका क्षेत्रमा थुप्रै परियोजना सञ्चालनका लागि उल्लेख्य लगानी भित्र्याउने तयारी गरिएको बताए ।

मुख्यमन्त्री कार्कीले इलाम र सूर्योदयमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना हुने र त्यहाँ युरोप, चीन, भारतलगायतका मुलुकबाट १५० भन्दा बढी चियाका व्यापारी भित्र्याउने प्रदेश सरकारको कार्यक्रम तय भइसकेको जानकारी दिए । पहाडबाट रित्तिँदै गएको जनसङ्ख्यालाई पहाडतिरै फर्काउने र पहाडको उर्बर जमिनलाई कृषि र पर्यटनमा उपयोग गर्ने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको जनाउँदै उनले बताए ।

विर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सुरू भएको विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव माघ १९ गते समापन हुने महोत्सव आयोजक समितिका संयोजक विशाल थापाले जानकारी दिए । महोत्सवमा नेपालका स्थानीय उत्पादनसहित भारत, बङ्गलादेश र भुटानका उत्पादन बिक्रीका लागि राखिएका छन् । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ५३ बजे

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८