महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर « Khabarhub

महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले शुक्रबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय कार्यक्रम सम्बोधन गर्दै नेता महरले १५औँ महाधिवेशन विधानअनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टीसामु रहेको बताए । 

समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ–आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । ‘अब महाधिवेशनको १० महिना मात्र बाँकी छ । तर, जिम्मेवारपूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम–कारबाही गम्भीर नदेखिएको आमनेता–कार्यकर्ताको बुझाई छ,’ महरले भने । 

कांग्रेसको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा देखाउने चरित्र भनेकै प्रजातान्त्रिक व्यवहार र आवधीक निर्वाचन भएकाले त्यसलाई पार्टीले जीवन्त तुल्याउनुपर्ने उनको भनाइ थियो । नेता महरले लोकतान्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमै गर्न नसक्दा त्यसको असर जनतामा राम्रो नपर्ने जिकिर गरे । 

नेता महरले सञ्चार र प्रविधिमा युवाको उपस्थिति देखाउन तथा ‘मिस इन्फरमेसन’ र ‘डिस इन्फरमेसन’बाट जनतालाई सजग गराउन प्रविधिको विकाससँगै पहुँच र सिकाइ बलियो हुनुपर्ने बताए । ‘आर्टिफिसियल इन्टेलिजेन्स’को समयमा कुनै पनि राजनीतिक दलले गर्ने प्रचार सामग्री तथ्य र सत्यमा आधारित हुनुपर्ने महरको भनाइ थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : १० बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको