धरान धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्र हो : मुख्यमन्त्री कार्की « Khabarhub

धरान धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्र हो : मुख्यमन्त्री कार्की


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्रको रूपमा रहेको बताएका छन् । 

धरान उपमहानगरपालिका– ८ स्थित श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले निर्माण गरेको धर्मशाला आज  उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धरान पर्यटन कृषि उत्पादन तथा बहु सांस्कृतिक बहु भाषिक र बहु धार्मिक हिसाबले पनि महत्त्वपूर्ण नगरको रूपमा रहेको बताए  । 

उनले धरानको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘यस्ता धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट विनियोजन गर्ने छ’, उनले भने । 
 
उक्त धर्मशाला तीन करोड १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको बताइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : २६ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको