धरान धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्र हो : मुख्यमन्त्री कार्की « Khabarhub

धरान धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्र हो : मुख्यमन्त्री कार्की


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्रको रूपमा रहेको बताएका छन् । 

धरान उपमहानगरपालिका– ८ स्थित श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले निर्माण गरेको धर्मशाला आज  उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धरान पर्यटन कृषि उत्पादन तथा बहु सांस्कृतिक बहु भाषिक र बहु धार्मिक हिसाबले पनि महत्त्वपूर्ण नगरको रूपमा रहेको बताए  । 

उनले धरानको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘यस्ता धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट विनियोजन गर्ने छ’, उनले भने । 
 
उक्त धर्मशाला तीन करोड १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको बताइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : २६ बजे

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ