माओवादी महासचिवले एमालेलाई भने- सामन्तवादको प्रतिनिधि « Khabarhub

माओवादी महासचिवले एमालेलाई भने- सामन्तवादको प्रतिनिधि


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै महासचिव गुरुङले सो कुरा बताएका हुन ।

नेता गुरुङले भने, ‘जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ । यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ। उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ। राष्ट्रियता सामाजिक सम्बन्धको स्वरूप नै हो । यसलाई अलग अलग रूपमा बुझ्नु हुँदैन।’

‘निजी सम्पत्तिको उत्पत्ति पूर्व वर्गीय विभाजन थिएन। त्यो समाजमा जातीय विभेद थिएन’ गुरुङले भने, ‘राष्ट्रियता र समाजवादी क्रान्ति एक अर्कासँग निर्भर छन्। समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ। उत्पादनका साधनहरूमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ। यो बुझाइमा हामी स्पष्ट हुन जरुरी छ।’

एमाले सामन्तवादको प्रतिनिधि भएको पनि महासचिव गुरूङको आरोप छ । ‘कम्युनिस्ट आन्दोलनको माओवादी केन्द्रले मात्र गर्न सक्छ, एमालेले गर्न सक्दैन। एमाले सामन्तवादको प्रतिनिधि हो, दलालहरूको पार्टी भइसकेको छ। एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व हामीले नै गर्नुपर्छ,’ उनले भने । 

भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताए ।

पूर्वसभामुख घर्तीले भनिन्, ‘उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेको छ। माओवादी पार्टीको संघर्षकै कारण उत्पीडित जातिहरूले अधिकार पाएका छन्। आज जनयुद्धका उपलब्धि खोस्ने कुचेष्टा भइरहेको छ। त्यसका विरुद्ध निरन्तर संघर्ष जरुरी छ। यो तथ्यलाई हामी सबैले बुझ्नुपर्छ ।’

‘आज जनयुद्धका महानायक कमरेड प्रचण्डमाथि हमला भइरहेको छ,’ घर्तीले भनिन, ‘अध्यक्ष प्रचण्ड, तपाई हामी आदिवासी जनजातिहरूको अभिभावक हो। आन्दोलनको नेतृत्व हो। पहिचान र अधिकारको आन्दोलनमा हामी तपाईँको रक्षकवच भएर उभिनेछौँ। प्रतिगामीहरू परास्त गर्नेछौँ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : ३४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक