सरकारबारे माओवादीको टिप्पणी- अध्यादेशको पासोमा पर्‍यो « Khabarhub

सरकारबारे माओवादीको टिप्पणी- अध्यादेशको पासोमा पर्‍यो


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ ।  

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे । 

सबैभन्दा बढी प्रभावकारी हुनुपर्ने संस्था सदन भए पनि आरोप–प्रत्यारोप थलो बन्न पुगेको उनले बताए  । प्रवक्ता सापकोटाले दुई तिहाइको कुरा गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाए  । उनले सरकारले ल्याएको अध्यादेश समेत निश्चित वर्ग र घरानालाई फाइदा हुने गरी आएको समेत बताए ।

सापकोटाले सरकारका सबै क्रियाकलाप हेर्दा ठूला दुई दल मिलेर बनेको सरकार तानाशाहीकरणतर्फ उन्मुख रहेको जिकिर गरे  । सरकारको क्रियाकलापविरुद्ध बोल्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित गर्ने काम सरकारले गर्न खोजेको उनले बताए ।

उनले प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधानको रक्षा गर्न माओवादी जनतातर्फ फर्किएको जिकिर गरे । जनस्तरमा संगठन सुदृढीकरणका लागि समेत जनतासँग माओवादी अभियान अन्तर्गत फागुन १२ गते झापाबाट सुरु गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने उनले बताए । 

उक्त अभियान सम्पन्न भएपछि मध्यपहाडी लोकमार्ग दुई महिने अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले बताए । सो क्रममा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने उनको भनाइ छ ।  

उनले ढिलो नगरी सबै पार्टीसँग छलफल गरी सरकारले विश्व दृष्टिकोण तयार गर्नुपर्ने धारणा राखे । उनले वर्तमान सरकारको कुशासनले गर्दा पूर्व राजाले व्यवस्थाविरुद्ध बोल्ने अवस्था सिर्जना भएको जिकिर गरे  । मुलुकमा राजा फर्कने कुरा शतप्रतिशत असम्भव रहेको उनले बताए ।  

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : १५ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो