सरकारबारे माओवादीको टिप्पणी- अध्यादेशको पासोमा पर्‍यो « Khabarhub

सरकारबारे माओवादीको टिप्पणी- अध्यादेशको पासोमा पर्‍यो


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ ।  

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे । 

सबैभन्दा बढी प्रभावकारी हुनुपर्ने संस्था सदन भए पनि आरोप–प्रत्यारोप थलो बन्न पुगेको उनले बताए  । प्रवक्ता सापकोटाले दुई तिहाइको कुरा गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाए  । उनले सरकारले ल्याएको अध्यादेश समेत निश्चित वर्ग र घरानालाई फाइदा हुने गरी आएको समेत बताए ।

सापकोटाले सरकारका सबै क्रियाकलाप हेर्दा ठूला दुई दल मिलेर बनेको सरकार तानाशाहीकरणतर्फ उन्मुख रहेको जिकिर गरे  । सरकारको क्रियाकलापविरुद्ध बोल्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित गर्ने काम सरकारले गर्न खोजेको उनले बताए ।

उनले प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधानको रक्षा गर्न माओवादी जनतातर्फ फर्किएको जिकिर गरे । जनस्तरमा संगठन सुदृढीकरणका लागि समेत जनतासँग माओवादी अभियान अन्तर्गत फागुन १२ गते झापाबाट सुरु गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने उनले बताए । 

उक्त अभियान सम्पन्न भएपछि मध्यपहाडी लोकमार्ग दुई महिने अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले बताए । सो क्रममा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने उनको भनाइ छ ।  

उनले ढिलो नगरी सबै पार्टीसँग छलफल गरी सरकारले विश्व दृष्टिकोण तयार गर्नुपर्ने धारणा राखे । उनले वर्तमान सरकारको कुशासनले गर्दा पूर्व राजाले व्यवस्थाविरुद्ध बोल्ने अवस्था सिर्जना भएको जिकिर गरे  । मुलुकमा राजा फर्कने कुरा शतप्रतिशत असम्भव रहेको उनले बताए ।  

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : १५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै