स्मार्ट सिटी र नयाँ शहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह « Khabarhub

स्मार्ट सिटी र नयाँ शहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह

गुणस्तर शिक्षासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिऔँ


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

टिकापुर- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले स्मार्ट सिटी र नयाँ शहरकाे काम क्रमिक रूपमा अघि बढाउने बताएका छन् । कैलालीको टिकापुरमा रहेको  वीरेन्द्र विद्यामन्दीरकाे स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले टिकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने काम अघि बढिसकेको भन्दै सरकारले घोषणा गरेका स्मार्ट सिटी र नयाँ शहरकाे काम अब क्रमिक रूपमा अगाडि बढ्ने बताए  । त्यस्तै, टिकापुर शैक्षिक शहरका रूपमा विकसित भएकोमा खुसी व्यक्त गर्दै उनले अब शिक्षालाई सीपसँग जाेडनुपर्नेमा जोड दिए । 

उनले विद्यार्थीको शैक्षिकसँगै उनीहरूको रुचिको क्षेत्रमा पनि प्रेरित गरेर शिक्षाको गुणस्तरसँगै समग्र व्यक्तित्व विकासमा ध्यान दिन आग्रह गरे । यहाँबाट उत्तीर्ण भएर जाने विद्यार्थीहरूले देशलाई, समाजलाई योगदान गर्न सक्ने बनाउन शिक्षकहरूले विशेष ध्यान दिनुपर्छ,´ उपप्रधानमन्त्री सिंहले भनी, शैक्षिक सर्टिफिकेटसँगै केही न केही सिपको सर्टिफिकेट भयो भने आगामी दिन सहज हुन्छ । विद्यार्थीको समग्र विकासमै अब  जोड  दिनुपर्छ ।´

त्यस्तै उनले विद्यार्थीहरूले पाठ्यक्रम सँगै राजनीतिक, सामाजिक, आर्थिक विषयमा चासो राख्नुपर्ने बताए ।  समाजमा देखिएका बेथितिबारे चासो राखेर समाधानका लागि पनि विद्यार्थीहरूले योगदान गर्न भूमिका खेल्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे । 

वीरेन्द्र विद्या मन्दिरले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गरे । यहाँ 
अध्ययन गरेका विद्यार्थीहरूले अहिले विभिन्न क्षेत्रमा योगदान गरिरहेको भन्दै विद्यालयले दिएको असल शिक्षाकै कारण त्यो सम्भव भएको भन्दै आगामी दिनमा अझ राम्रो गर्न शुभकामना दिए । 

स्वरण महोत्सवका अवसरमा विद्यामन्दिरबाट अध्ययन गरी समाजका विविध क्षेत्रमा योगदान गरिरहेका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । 

विद्यामन्दिरका पूर्व विद्यार्थी काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारी, शहरी विकास मन्त्रालयका उपसचिव झपट विश्वकर्मा, वरिष्ठ पत्रकार प्रशान्त अर्याललगायतलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चाैधरी , कांग्रेस नेता रणबहादुर रावललगायतको सहभागिता थियो । आजबाट शुरू भएको महोत्सव ३ दिन चल्नेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ४७ बजे

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा

तेल भण्डार प्रयोग गर्न जी–७ तयार

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा