कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा « Khabarhub

कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकका सम्पूर्ण जातजातिलाई एकआपसमा जोड्ने जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको बताएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज विराटनगरमा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान तथा तथ्यमा आधारित प्रचार अभियान’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै जातिको पहिचान र मानसम्मानलाई कायम राख्ने मुलुकको ठूलो तथा राष्ट्रिय पार्टी कांग्रेस रहेको प्रष्ट पारे ।

महामन्त्री थापाले मुलुकमा देखिएका विभिन्न समस्याको उत्तेजना र क्षणिक लाभबाट मुक्त रही उपयुक्त समाधान निकाल्न कांग्रेसले विगतदेखि वर्तमानसम्म जिम्मेवारी वहन गरेको विचार राखे । आगामी २०८४ सालको निर्वाचनमा जाँदा कार्यकर्ताले विगत तीन वर्षमा गरेको कामको उपलब्धि लिएर जनतासमक्ष जान उनले आग्रह गरे ।

उनले कांग्रेसको नेतृत्वमा रहेको सरकारले विसं २०४८ देखि २०५१ सम्ममा घाटामा रहेका सरकारी उद्योगको निजीकरण गरी मुलुकमा आर्थिक चलायमानका गतिविधि हासिल गरेको दाबी गरे । महामन्त्री थापाले भने, “पार्टीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेमा त्यसको दण्ड, सजायको जिम्मेवारी स्वयं हुनेछन् ।”

सहमहामन्त्री भीष्मराज आङ्गदम्बेले पाथीभरामा देखिएको समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न आग्रह गर्दै वार्ता अवधिसम्म निर्माण स्थगित गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ५२ बजे

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि