युक्रेनलाई सुरक्षित नबनाए रुसले युद्ध विराम भङ्ग गर्ने बेलायतको आशंका | Khabarhub Khabarhub

युक्रेनलाई सुरक्षित नबनाए रुसले युद्ध विराम भङ्ग गर्ने बेलायतको आशंका


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनलाई सुरक्षा प्रदान नगरिए रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशंका व्यक्त गरेका छन्। उनले रुस र युक्रेनको बीचमा जारी युद्ध विराम पूर्ण रूपमा कार्यान्वयन गर्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका हुन्।

लन्डनमा २० भन्दा बढी देशका प्रतिनिधि भेला भएर युक्रेनको सुरक्षाका लागि सेना तयार गर्न गरेको छलफलमा स्टेइमरले सो कुरा बताएका हुन्। युद्ध विराम उल्लङ्घन गरेमा आफूलाई समेत अप्ठेरो पर्ने कुरा रुसले महसुस गर्नु आवश्यक रहेको समेत उनले बताए।

उनले अहिले बेलायत राजनीतिक चहलपहलबाट सैन्य विषयमा चासो लिइरहेको बताउँदै युद्ध विराममा सहमति हुनु अगाडि नै यो सब कुरा बताएका हुन्।

विना कारण पुटिनले युद्ध विराम नगर्ने विषयमा आफू प्रस्ट भएको समेत स्टेइमरले बताए।

प्रधानमन्त्री कार्यालयले भविष्यमा हुन सक्ने खतराको अवस्थालाई ध्यानमा राख्दै सैन्य नेता अहिले नै सचेत रहेको जनाएको छ। यस महिनाको सुरुवातमा २६ देशका नेताको उपस्थितिमा सम्मेलन भएपछि बेलायतले सैन्य नेताको छलफल बोलाएको हो।

सैन्य छलफल युक्रेनलाई कसरी सीमा, आकाश र समुद्रमा नै सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएको बताए। बेलायतका सैन्य शक्ति मन्त्री लुक पोलार्डले बेलायतले युक्रेनमा सेना पठाउन सक्ने सम्भावना रहेको बताए।

छलफलमा युक्रेनी आकाशको रक्षाका लागि बेलायती टाइफोन जेट पठाउने विषयमा पनि छलफल भएको थियो।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : ३१ बजे

सञ्जालमा छाडा गीत : न डिलिट गर्न सहज, न कुनै कानूनी उपचार !

दुई दशक अगाडि सपरिवार बसेर टिभी हेर्ने चलन थियो। रेडियो

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक