एकै रात पराजित भए बेल्जियम, फ्रान्स, इटाली र पोर्चुगल « Khabarhub

एकै रात पराजित भए बेल्जियम, फ्रान्स, इटाली र पोर्चुगल


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेशन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गयराति भएका क्वार्टरफाइनल भिडन्तमा चर्चित युरोपियन देशहरू स्तब्ध भएका छन् ।

क्वार्टरफाइनल भिडन्तको पहिलो लेगको खेलमा फ्रान्स, इटाली, बेल्जियम र पोर्चुगलले हारको स्वाद एकै रात चाखेका हुन् ।

सन् २०१८ को विश्वविजेता फ्रान्सलाई गएरातिको खेलमा क्रोएसियाले २-० गोलले हराइदिएको छ ।

चर्चित स्ट्राइकहरू किलियन एमबाप्पे र उस्मान डेम्बेलेलाई एकसाथ उतारे पनि फ्रान्सलाई क्रोएसियाले सजिलै हराउन सफल भएको छ ।

क्रोएशियालाई दुर्लभ जित दिलाउने क्रममा एन्ते बुडिमिरले २६औँ मिनेटमा इभान पेरिसिचको क्रसमा हेड गोल गर्दै अग्रता दिलाए ।

त्यसपछि इभान पेरिसिचले नै पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि अग्रता २-० मा पुग्यो । यो खेल ६ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका एमबाप्पेका लागि निराशाजनक भएको छ ।

पहिलो लेगको अर्को क्वार्टरफाइनल भिडन्तमा जर्मनीले इटालीलाई उसकै भूमिमा ३९ वर्षपछि २–१ ले हराएको छ ।

जर्मनीका कप्तान जोसुआ किमिचले दोस्रो हाफमा उत्कृष्ट खेलेर दुवै गोलको अवसर निकाले । यद्यपि यो खेलमा अग्रता भने इटालीले पहिलो हाफमै बनाएको थियो । स्यान्ड्रो टोनाालीले जियाकोमो रसपाडोरीको डिफ्लेक्टेड क्रसमा जर्मनीका गोलकिपर ओलिभर बावमानलाई जिल्ल्याएर खेलको नवौँ मिनेटमा गोल गरेका थिए ।

जर्मनीका लागि किमिचले दिको क्रसलाई टिम क्लाइनडिएन्स्टले हेड गोल गरे । खेलको ७६औँ मिनेटमा किमिचकै पासमा जुन लियोन गोरेट्स्काले गोल गरेपछि २–१ जिन पक्का भयो ।

जर्मनीले इटालीलाई उसकै भूमिमा सन् १९८६ पछि पहिलो पटक हराएको हो ।

उता साविक विजेता स्पेनले १० खेलाडीमा समेटिएको नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरी खेलेको छ । अर्कातिर डेनमार्कले पोर्चुगललाई १–० ले पराजित गरेको छ ।

अर्कातिर बेल्जियमलाई युद्ध खेपिरहेको युक्रेनले ३-१ ले पराजित गरेको छ । स्टार खेलाडीले भरिएको बेल्जियम अहिले निरन्तर खराब लयबाट गुज्रिरहेको छ ।

अब दोस्रो लेगका खेलहरू यही आइतबार हुने तालिका छ । दुवै लेगको छिनोफानोपछि आगामी जुन ४ देखि ८ सम्म हुने चार टोली प्रतियोगिताको फाइनल चरणमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  १२ : ५५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का