एकै रात पराजित भए बेल्जियम, फ्रान्स, इटाली र पोर्चुगल « Khabarhub

एकै रात पराजित भए बेल्जियम, फ्रान्स, इटाली र पोर्चुगल


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेशन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गयराति भएका क्वार्टरफाइनल भिडन्तमा चर्चित युरोपियन देशहरू स्तब्ध भएका छन् ।

क्वार्टरफाइनल भिडन्तको पहिलो लेगको खेलमा फ्रान्स, इटाली, बेल्जियम र पोर्चुगलले हारको स्वाद एकै रात चाखेका हुन् ।

सन् २०१८ को विश्वविजेता फ्रान्सलाई गएरातिको खेलमा क्रोएसियाले २-० गोलले हराइदिएको छ ।

चर्चित स्ट्राइकहरू किलियन एमबाप्पे र उस्मान डेम्बेलेलाई एकसाथ उतारे पनि फ्रान्सलाई क्रोएसियाले सजिलै हराउन सफल भएको छ ।

क्रोएशियालाई दुर्लभ जित दिलाउने क्रममा एन्ते बुडिमिरले २६औँ मिनेटमा इभान पेरिसिचको क्रसमा हेड गोल गर्दै अग्रता दिलाए ।

त्यसपछि इभान पेरिसिचले नै पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि अग्रता २-० मा पुग्यो । यो खेल ६ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका एमबाप्पेका लागि निराशाजनक भएको छ ।

पहिलो लेगको अर्को क्वार्टरफाइनल भिडन्तमा जर्मनीले इटालीलाई उसकै भूमिमा ३९ वर्षपछि २–१ ले हराएको छ ।

जर्मनीका कप्तान जोसुआ किमिचले दोस्रो हाफमा उत्कृष्ट खेलेर दुवै गोलको अवसर निकाले । यद्यपि यो खेलमा अग्रता भने इटालीले पहिलो हाफमै बनाएको थियो । स्यान्ड्रो टोनाालीले जियाकोमो रसपाडोरीको डिफ्लेक्टेड क्रसमा जर्मनीका गोलकिपर ओलिभर बावमानलाई जिल्ल्याएर खेलको नवौँ मिनेटमा गोल गरेका थिए ।

जर्मनीका लागि किमिचले दिको क्रसलाई टिम क्लाइनडिएन्स्टले हेड गोल गरे । खेलको ७६औँ मिनेटमा किमिचकै पासमा जुन लियोन गोरेट्स्काले गोल गरेपछि २–१ जिन पक्का भयो ।

जर्मनीले इटालीलाई उसकै भूमिमा सन् १९८६ पछि पहिलो पटक हराएको हो ।

उता साविक विजेता स्पेनले १० खेलाडीमा समेटिएको नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरी खेलेको छ । अर्कातिर डेनमार्कले पोर्चुगललाई १–० ले पराजित गरेको छ ।

अर्कातिर बेल्जियमलाई युद्ध खेपिरहेको युक्रेनले ३-१ ले पराजित गरेको छ । स्टार खेलाडीले भरिएको बेल्जियम अहिले निरन्तर खराब लयबाट गुज्रिरहेको छ ।

अब दोस्रो लेगका खेलहरू यही आइतबार हुने तालिका छ । दुवै लेगको छिनोफानोपछि आगामी जुन ४ देखि ८ सम्म हुने चार टोली प्रतियोगिताको फाइनल चरणमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १२ : ५५ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।