काठमाडौं महानगरले चैत १२ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने « Khabarhub

काठमाडौं महानगरले चैत १२ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गर्ने भएको छ ।

स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा वैशाख १२ गतेसम्म एक महिना परीक्षण र उपचार सञ्चालन गर्नेछ । 

महानगरका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुईँ तलामा गएर जँचाउन सकिन्छ ।

स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्ट भन्छिन्, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १ : ५५ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण