जापानी जल क्षेत्रनजिकै चिनियाँ नौसैनिक गतिविधिले पूर्वी एशियामा तनाव « Khabarhub

जापानी जल क्षेत्रनजिकै चिनियाँ नौसैनिक गतिविधिले पूर्वी एशियामा तनाव


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानी जलक्षेत्रनजिकै चीनले नौसैनिक गतिविधि बढाएपछि पूर्वी एशियामा तनाव उत्पन्न भएको छ । पछिल्लो समय जापानी सार्वभौमिकतामा रहेको योनागुनी टापु क्षेत्रमा चिनियाँ नौसैनिक गतिविधि बढ्दै गएको छ ।

चीनले सो क्षेत्रमा नौसैनिक पहिचान अंकित गर्नका लागि भौतिक चिन्ह स्थापित गरेको छ । हङकङ पोस्टका अनुसार यसलाई लिएर जापानले आपत्ति जनाएको छ ।

सो क्षेत्रमा नौसैनिक निगरानी र जासुसी गतिविधि बढाउनका लागि चीनले यस्तो भौतिक चिन्ह राखेको सैनिक विश्लेषकहरु बताउँछन् । सो क्षेत्रमा चिनियाँ नौसैनिक युद्धपोतको गतिविधि पनि बढ्दै गएको छ ।

सन् २०२२० मा सो क्षेत्रमा एउटा पनि चिनियाँ युद्धपोत देखा परेको थिएन । तर सन् २०२४ मा त्यहाँ १८ वटा चिनियाँ युद्धपोत पुगेको जनाइएको छ ।

योनागुनी टापु क्षेत्र ताइवानसँगको सीमानजिकै पर्छ । चीनले नौसैनिक गतिविधि बढाएपछि जापानले पनि सैनिक अवस्थिती सुदृढ बनाउँदै लगेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : १८ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण