अस्कलका स्ववियु सचिव नै प्रहरी जवानको नक्कली परीक्षार्थी ! « Khabarhub

अस्कलका स्ववियु सचिव नै प्रहरी जवानको नक्कली परीक्षार्थी !


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी जवानको परीक्षामा भेटिएका नक्कली परीक्षार्थी काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु सचिव भएको खुलेको छ।

प्रहरीले आइतबार सार्वजनिक गरेकामध्ये गोपालबहादुर शाही अस्कलका स्ववियु सचिव हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराका अनुसार नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाहीसहित अन्य केही पक्राउ परेका हुन्।

शाही चैत १० गते भएको स्ववियु निर्वाचनमा (अनेरास्ववियु) को प्यानबाट सचिव पदमा विजयी भएका थिए।

प्रहरीले शाहीलाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको परीक्षामा सहभागी भएको अवस्थामा पक्राउ गरेको हो। शाही कालीकोट शुभकालिका गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा हुन्।

प्रहरीले शाहीसहित ६ जनालाई नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको छ। प्रहरीले आइतबार
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।

रत्नराज्यबाट शाहीसहित दोलखाको जिरी नगरपालिका-९ घर भई बालाजु बस्ने २३ वर्षीय मोहन सुनुवार, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ घर भई हाल माछापोखरी बस्ने २२ वर्षीय मनोज शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

त्यसैगरि रत्नराज्यबाटै दैलेखको भैरवी गाउँपालिका-५ घर भई नयाँबानेश्वर बस्मे २२ वर्षीय आकाश खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई माछापोखरी बस्ने २० वर्षीय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका–२ घर भई बालाजु बस्ने २२ वर्षीय मीन रावल छन्।

उता शनिबार नै पोखरा महानगरपालिका-७, पार्दीस्थित लोकसेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा अर्काको नाममा जाँच दिइरहेकी एक जना पक्राउ परेकी छन्।

दर्ता नं. ३३५९२ की परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले ज्ञानुता विश्वकर्मालाई पक्राउ गरेर हिरासतमा लिएको हो।

यो पनि
प्रहरीकै जागिरको जाँचमा पनि नक्कली परीक्षार्थी, सातजना पुगे हिरासतमा

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४१ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन