व्यावसायिक असफलताले १५ जना कार्यकर्ताको ज्यान गएको इजरायली फोर्सको ठहर « Khabarhub

व्यावसायिक असफलताले १५ जना कार्यकर्ताको ज्यान गएको इजरायली फोर्सको ठहर


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले गत महिना गाजामा १५ जना आपत्कालीन कार्यकर्ताको ज्यान जानुमा व्यवसायकी असफलता भएको ठहर गरेको छ।

आइडिएफले सो समयमा धेरै ठाउँमा चुकेको ठहर गरेको छ। सूचना पाउने र अर्डर गर्ने सवालमा चुकेको आइडिएफको ठहर छ। सो घटनामा संलग्न डेपुटी कमान्डरलाई कारबाही स्वरूप हटाइएको छ।

प्यालेस्टाइन रेडक्रस सोसाइटीले भने सो रिपोर्टलाई झुट भनेको छ। सेनाले नियतबस गरेको गलत कामलाई ढाकछोप गर्न एक सैनिक अधिकृतलाई मात्र दोष थोपरिएको आरोप प्यालेस्टाइन रेडक्रसको छ।

२३ मार्चमा प्यालेस्टाइनी रेडक्रसको एम्बुलेन्समा आक्रमण गरेर १४ आपतकालीन कार्यकर्ताको ज्यान लिइएको थियो। इजरायली सेनाले संयुक्त राष्ट्र सङ्घको कारमा पनि आक्रमण गरेको थियो।

आइडिएफले शत्रुबाट आक्रमण भइरहेको ठहर गर्दै फायर खोलेको जनाएको छ। आइडिएफले आफूले गरेको अनुसन्धानले मर्नेहरू ६ जना हमास कार्यकर्ता रहेको दाबी गरेको छ। घटनाको छानबिनमा संलग्न जनरल याहु भार हेभनले ती ६ जनाको नाम सार्वजनिक गर्ने बताएका छन्।

सो गाडी बढी स्पिडमा आएका कारण जोखिमपूर्ण क्षेत्रमा रहेको आइडिएफ सेनाले फायर खोलेको समेत दाबी गरिएको छ। रातमा प्रकाशको कमजोरको कारण एम्बुलेन्स भन्ने ठहर नभएर सो घटना भएको दाबी आइडिएफको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ५७ बजे

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा