व्यावसायिक असफलताले १५ जना कार्यकर्ताको ज्यान गएको इजरायली फोर्सको ठहर | Khabarhub Khabarhub

व्यावसायिक असफलताले १५ जना कार्यकर्ताको ज्यान गएको इजरायली फोर्सको ठहर


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले गत महिना गाजामा १५ जना आपत्कालीन कार्यकर्ताको ज्यान जानुमा व्यवसायकी असफलता भएको ठहर गरेको छ।

आइडिएफले सो समयमा धेरै ठाउँमा चुकेको ठहर गरेको छ। सूचना पाउने र अर्डर गर्ने सवालमा चुकेको आइडिएफको ठहर छ। सो घटनामा संलग्न डेपुटी कमान्डरलाई कारबाही स्वरूप हटाइएको छ।

प्यालेस्टाइन रेडक्रस सोसाइटीले भने सो रिपोर्टलाई झुट भनेको छ। सेनाले नियतबस गरेको गलत कामलाई ढाकछोप गर्न एक सैनिक अधिकृतलाई मात्र दोष थोपरिएको आरोप प्यालेस्टाइन रेडक्रसको छ।

२३ मार्चमा प्यालेस्टाइनी रेडक्रसको एम्बुलेन्समा आक्रमण गरेर १४ आपतकालीन कार्यकर्ताको ज्यान लिइएको थियो। इजरायली सेनाले संयुक्त राष्ट्र सङ्घको कारमा पनि आक्रमण गरेको थियो।

आइडिएफले शत्रुबाट आक्रमण भइरहेको ठहर गर्दै फायर खोलेको जनाएको छ। आइडिएफले आफूले गरेको अनुसन्धानले मर्नेहरू ६ जना हमास कार्यकर्ता रहेको दाबी गरेको छ। घटनाको छानबिनमा संलग्न जनरल याहु भार हेभनले ती ६ जनाको नाम सार्वजनिक गर्ने बताएका छन्।

सो गाडी बढी स्पिडमा आएका कारण जोखिमपूर्ण क्षेत्रमा रहेको आइडिएफ सेनाले फायर खोलेको समेत दाबी गरिएको छ। रातमा प्रकाशको कमजोरको कारण एम्बुलेन्स भन्ने ठहर नभएर सो घटना भएको दाबी आइडिएफको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ५७ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले