वन मुद्दाको फर्स्योटमा ढिलाइ  « Khabarhub

वन मुद्दाको फर्स्योटमा ढिलाइ 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित डिभिजन वन कार्यालयमा १०२ वटा मुद्दा फर्स्योट हुन बाँकी छन् । आर्थिक वर्ष २०७६–७७  देखिएका ती मुद्दा  फर्स्योट हुन बाँकी रहेका हुन् ।

आर्थिक वर्ष २०७६–७७ देखि चालु आर्थिक वर्षको चैत मसान्तसम्मका १६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फस्र्योट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तुसम्बन्धी मुद्दा हुन् भने अन्य वन पैदावारसम्बन्धी रहेका छन् । आर्थिक वर्ष २०७६–७७ मा १३ वटा, २०७७–७८ मा ३७ वटा, २०७८–७९ मा ४३ मुद्दा दर्ता भएका थिए ।

यस्तै २०७९–८० मा २७ वटा, २०८०–८१ मा २९ वटा र चालु आर्थिक वर्षको हालसम्म २० मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाका २३० प्रतिवादी पक्राउ परेका छन् । तीनै मुद्दाका ९९ फरार प्रतिवादी रहेको उनले जानकारी दिए । मुद्दामा संलग्न व्यक्‍तिहरूबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ ।

कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फर्स्योट गर्ने विषयमा दुबिधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरू गत आर्थिक वर्षबाट मात्रै फर्स्योट हुन सुरु गरेको हो । फौजदारी संहिता आएसँगै रोकिएको फर्स्योट गत आर्थिक वर्षमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फर्स्योट सङ्ख्या कमी भएको हो ।

कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरू प्रदेश सरकारमा रहेकाले दुबिधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो ।

यसअघि डिभिजन वन कार्यालयले मुद्दाहरू अदालतमा पठाउनुपर्ने र अदालतमा मुद्दाका चाप बढी हुने भएकाले ढिला भएको उनले बताए । डिभिजन वन कार्यालयले मुद्दा हेर्न पाउने भएपछि गत वर्ष र यस वर्षमा मुद्दाको फर्स्योट हुने क्रम बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : १९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले