९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल | Khabarhub Khabarhub

९ महिनामा नेपालको निर्यात ६५ प्रतिशतले वृद्धि, ठूलो हिस्सा सोयाबिन तेल


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आयात गरेर आंशिक वा पूर्ण प्रशोधनपश्चात ठूलो मात्रामा निर्यात गरिएको सोयाबिन तेलको कारण नेपालको निर्यात तथ्याङ्कको ग्राफ निकै उकालो लागेको देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको  सोही अवधिमा नेपालबाट एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख सात हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपालबाट भएको कुल निर्यातमा सोयाबिन तेल तथा कच्चा पदार्थको हिस्सा मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको रहेको छ । साथै सो अवधिमा नौ अर्ब २३ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल तथा त्यसको कच्चा पदार्थ निर्यात भएको छ ।

यस अवधिमा नेपालमा ६६ अर्ब ५ करोड ६५ लाख ५३ हजार रुपैयाँको सोयाबिन तेल र सो सम्बन्धित कच्चा पदार्थ आयात भएको थियो भने २२ अर्ब ६४ करोड ६१ लाख नौ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ११ : ०० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र