रुसले फेरि हवाई आक्रमण सुरु गर्‍यो : युक्रेन « Khabarhub

रुसले फेरि हवाई आक्रमण सुरु गर्‍यो : युक्रेन


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

किएभ– मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि रुसले पूर्वी र दक्षिणी युक्रेनमा हवाई आक्रमण पुनः सुरु गरेको युक्रेनका क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।  

‘रुसी सेनाले यस क्षेत्रमा ड्रोन प्रक्षेपण गरेको छ’, ड्निप्रोपेट्रोभस्कका क्षेत्रीय गभर्नर सेर्गी लिसाकले टेलिग्राममा भने। उनले एक घर क्षतिग्रस्त भएको र खाद्य प्रतिष्ठानमा आगलागी भएको तर कोही घाइते भएको खबर नभएको जानकारी दिए ।

युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमले त्यहाँ पनि रुसी हवाई आक्रमण पुनः सुरु भएको बताए।

‘अप्रिल २१ को बिहान स्थानीय समयानुसार लगभग ४ः५७ बजे दुश्मनले मिसाइलले सहरमा आक्रमण गर्‍यो, प्रकार निर्धारण भइरहेको छ । कुनै हताहत वा क्षति भएको छैन’, उनले लेखेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसमाथि इस्टर युद्धविरामको दुई हजारभन्दा बढी उल्लङ्घन गरेको आरोप लगाए। यद्यपि उनले युक्रेनभरि कुनै हवाई हमलाको चेतावनी नभएको र हवाई आक्रमणमा विरामलाई विस्तार गर्ने प्रस्ताव गरेको बताए।

‘कम्तीमा ३० दिनको अवधिका लागि नागरिक पूर्वाधारमा लामो दूरीको ड्रोन र मिसाइल प्रयोग गरेर कुनै पनि आक्रमण रोक्न’ प्रस्ताव गर्दै उनले भने, ‘आज कुनै हवाई आक्रमण चेतावनी दिइएको छैन ।’

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १२ : ३७ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको