पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत « Khabarhub

पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि उनी हाजिर भएका छन् ।
 
यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । जसले गर्दा कार्यालयको दैनिक कामकाज प्रभावित भएको थियो । 

नयाँ प्रमुख प्रशासकीय अधिकृत राइनलाई आज नगर प्रमुख डा नवीनकुमार यादवले चादर ओढाएर डायरी र कलम दिँदै एक कार्यक्रमबीच नगरपालिकामा स्वागत गरेका छन् । स्वागत गर्दै नगर प्रमुख यादवले अधिकृत राइनलाई नगरपालिकाको हरेक गतिविधिहरू जनताको पक्षमा गर्न निर्देशन दिए । उनले नगरको सकारात्मक परिवर्तनका लागि कर्मचारीको कुशल नेतृत्व गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरे। 

यस क्रममा प्रमुख प्रशासकीय अधिकृत मोहम्मद राइनले कुशल कार्यशैली अपनाएर जनमैत्री सेवा प्रवाह गर्न आफूले सकेको भूमिका निर्वाह गर्ने भन्दै सोही अनुरूप मातहतका कर्मचारीले पनि सकारात्मक सहयोग गर्नुपर्ने बताए। 

लामो समय प्रमुख प्रशासकीय अधिकृत नतोकिँदा नगरपालिकाले तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालनमा अवरोध पुगेको थियो । त्यसैगरी, सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको थियो भने ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउनबाट तथा कर्मचारी पारिश्रमिक पाउनबाट वञ्चित भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १ : ४८ बजे

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र