शिक्षकसँगको वार्ता एक-दुई दिनभित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु : नैनसिंह महर « Khabarhub

शिक्षकसँगको वार्ता एक-दुई दिनभित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु : नैनसिंह महर


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासङ्घ सँगको वार्ता एक -दुई दिनभित्रै निष्कर्षमा पुग्ने बताएका छन ।

‘शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा गम्भीर छलफल भइरहेको छ, नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरि वार्ता सफल पार्ने कोशिश भइरहेको छ ‘ विद्यालय शिक्षा विधेयकका बारेमा शिक्षा विभागको आधिकारिक धारणा तय गर्ने क्रममा पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा महरले उक्त कुरा बताएका हुन्।

उनले सरोकारवालाहरूबीचको वार्ता सकारात्मक रहेकाले एक-दुई दिनमै निकास निस्कने विश्वाससमेत व्यक्त गरेका छन्। शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया नै अवरुद्ध हुनुका साथै कक्षा १२ को परीक्षासमेत अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै कांग्रेस समस्या समाधानमा गम्भीर रहेको उनले बताए।

उनले सरकारलाई समेत माग सम्बोधनमा गम्भीर हुन आग्रह गरेका छन्।

‘चैत २० यता शिक्षकहरू निरन्तर प्रदर्शनमा हुनुहुन्छ। यसले लाखौं विद्यार्थी मारमा परेका छन्। यस्तो अवस्थामा सरकारसँगको शिक्षकहरूको वार्ता सकारात्मक रुपमा अघि बढिरहेकाले चाँडो निकासमा पुर्‍याउनुपर्छ। यो संवेदनशील घडीको आन्दोलनरत शिक्षक समुदायले बुझ्ने कुरामा पनि हामी विश्वस्त छौं। छलफल सकारात्मक भएर मात्र हुँदैन, निष्कर्षमा पुग्नु जरुरी छ’ उनले भने।

भर्ना प्रक्रिया अवरुद्ध नहोस् र कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्नेमा कांग्रेस चिन्तित रहेकाले सरकार र शिक्षक महासंघसँग निरन्तर छलफल भइरहेको समेत उनले प्रस्ट पारेका छन्।

शिक्षा विधेयकका विषयमा पार्टीको आधिकारिक धारणाका लागि शिक्षा विभाग प्रमुखको हैसियतले आफूहरू शिक्षा विधेयकको ड्राफ्ट निर्माणका लागि  पार्टी भित्र बाहिर छलफल, अन्तरक्रिया भइरहेको महरले बताएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १ : ५६ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको