आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने « Khabarhub

आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन्।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत सङ्घीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाखमा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको बताए।

उनका अनुसार वैशाखमा वीर अस्पतालले सर्जिकल (सघन उपचार कक्ष)आइसीयुको सेवा विस्तार गर्नेछ साथै वीरको आइसीयूमा नौ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ । भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरू गर्दैछ । 

यसैगरी, अस्पतालमा जलन वार्ड, सिमुलेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ । भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्ने भएको छ, भने भेरी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा वैशाख दोस्रो साताबाट सुरू  गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साताबाट सञ्चालनमा ल्याउनेछ । 

धनगढीको गेटा अस्पतालले वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ । चैतमा १२ सङ्घीय अस्पतालले केही सेवा थप तथा विस्तार गर्ने कार्यक्रम रहेको थियो । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप सङ्घीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए । 

उनले भने, ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन् । स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीको नीतिअनुसार काम भइरहेको छ ।’
 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : ०६ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको