गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री « Khabarhub

गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नयाँ शैक्षिक सत्र सुरु भएपछि गण्डकी प्रदेशमा हालसम्म छ लाख ४३ हजार पाँच सय ३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार रु आठ करोड ८३ लाख १३ हजार आठ सय बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो । कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिए। 

‘माग भएजति पाठ्यपुस्तक स्थानीय बिक्रेतामार्फत जिल्लामा पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक प्रयाप्त छ’, उनले भने । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री वितरण हुँदै आएको छ । पाल्पाको रामपुर क्षेत्रमा पनि पोखरास्थित कार्यालयबाट पुस्तक जाने गरेको सूचना अधिकारी पौडेलले बताए। 

 शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीका हात पाठ्यपुस्तक पुगिसकेको उहाँको भनाइ छ । कार्यालयमार्फत मनाङमा छ हजार छ सय ७५, मुस्ताङमा तीन हजार आठ सय ३०, लमजुङमा ३९ हजार पाँच सय ९१, म्याग्दीमा ३९ हजार दुई सय ५५, गोरखामा ६४ हजार पाँच सय ४५, पर्वतमा ४४ हजार एक सय १९, बागलुङमा एक लाख दुई हजार चार सय २७, स्याङ्जामा ५१ हजार आठ सय ८३, कास्कीमा एक लाख ८२ हजार एक सय नौ, र पाल्पाको रामपुर क्षेत्रमा तीन हजार पाँच सय ९२ थान पुस्तक बिक्री गरिएको हो । 
 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : १७ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको