गण्डकीमा आयोजना बैंक सञ्चालनमा, स्रोतसँगै बजेट पनि खुम्चिने  | Khabarhub Khabarhub

गण्डकीमा आयोजना बैंक सञ्चालनमा, स्रोतसँगै बजेट पनि खुम्चिने 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ । योजना छनौट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सुरु गरिएको आयोजना बैंकको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार शुभारम्भ गरे । 

प्रदेश र स्थानीय तहबाट डिपिआर सहित प्रक्रिया पूरा भएर आएका योजना बैंकमा राखिने छ । प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनेछ । सरकारले पछिल्लो ४ वर्षदेखि आयोजना बैंकको कुरा गर्दै आए पनि अहिले आएर सञ्चालनमा ल्याएको छ । तर यसको कार्यान्वयन पक्ष भने निकै चुनौतीपूर्ण रहेको जानकारहरू बताउँछन् । 

आयोजना बैंकमा प्रदेश सरकार मातहतका मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना आयोगको उपाध्यक्ष डा। कृष्णचन्द देवकोटाले बताए । 

सोमबार आयोगले गरेको भएको प्रदेश र स्थानीय तहबीच योजना साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमहरूको सम्भावनाका बारेमा जानकारी लिएका छन् । 

कृषि र पर्यटन केन्द्रित साझेदारीका कार्यक्रम गरी ग्रामीण अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना गर्न र युवा पलायन रोक्ने योजनामा केन्द्रित हुन उनले स्थानीय तहहरुलाई अनुरोध गरेका छन् । लागत साझेदारीमा हुने कार्यक्रम प्रतिफल देखिने खालको बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रुपमा सञ्चालन गरिने बताए । 

गाउँपालिका महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेले बैठकहरूमा समन्वयका कुरा हुने भए पनि व्यवहारमा त्यसो नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । संघ र प्रदेश तहले काम गर्ने थलो पनि स्थानीय तह नै भएकाले समन्वय गर्न जरुरी रहेको र यसले सङ्घीयतालाई मजबुत पार्ने उनको भनाइ थियो । प्रदेशले संघतिर फर्केर दोष लगाइरहँदा प्रदेशप्रति पालिकाहरूले गुनासो पनि उस्तै रहेको पाण्डेले बताइन् । 

गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझाले उत्पादनमुखी र प्रदेशकै आय बढाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिए । अब यस्तै अवस्था रहे कर्मचारीले तलब खान नपाउने अवस्था आउन सक्ने भन्दै उनले आम्दानी बढाउनेतर्फ प्रदेश केन्द्रित हुन सल्लाह दिए । जहिल्यै बोलाएर सुझाव लिए पनि प्रदेशले पालिकाको समन्वयबिनै ससाना योजना राख्ने प्रवृत्तिको अन्त्य नभएकोतर्फ उनले ध्यानाकर्षण समेत गराए । 

उनले भने, ‘संघ र प्रदेशले साना योजना हामीलाई दिए हुन्छ, देखिने र ठूला योजनामा तपाईंहरु नै काम गर्नुहोस ।’ 

आगामी नीति, कार्यक्रम, बजेटको तयारी भइरहेको सन्दर्भमा आयोजित छलफलले स्थानीय तहहरुलाई योजना र बजेट विनियोजन गर्न थप सहज हुने सहभागीले बताएका छन् । 

गण्डकीको बजेट खुम्चिने 
संघ र प्रदेशको आम्दानी घटेसँगै गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट खुम्चिने भएको छ । चालु वर्षको तुलनामा आगामी वर्षको बजेट साढे ३ अर्ब रुपैयाँले घट्ने प्रक्षेपण गरिएको छ । प्रदेश स्रोत अनुमान समितिले आर्थिक वर्ष २०८२र८३ का लागि २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट बनाउन सरकारलाई सिफारिस गरेको छ ।

समितिका संयोजक तथा नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाका अनुसार आगामी तीन वर्षका लागि स्रोत अनुमान तयार गरेर बजेटको अधिकतम सीमा निर्धारण गरिएको हो । समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८३र८४ मा ३० अर्ब ९३ करोड र २०८४र८५ मा ३२ अर्ब ६३ करोड रुपैयाँको बजेट सीमित गर्न सुझाव दिइएको छ । चालु आर्थिक वर्षका लागि सरकारद्वारा ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो ।

समितिले आगामी वर्षदेखि ‘आन्तरिक ऋण’ शीर्षक अन्तर्गत बजेटको व्यवस्था नगर्न पनि सिफारिस गरेको छ । चालु आवमा १ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋणबाट संकलन गर्ने लक्ष्य राखिएको भए पनि सम्भावना न्यून भएकाले सो शीर्षक हटाउन भनिएको हो । 

आगामी आवमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ७१ करोड रहने अनुमान गरिएको छ । यस्तै, राजस्व बाँडफाँटबाट ९ अर्ब ६३ करोड, रोयल्टीबाट ४८ करोड ३९ लाख, सशर्त अनुदानबाट ३ अर्ब ६१ करोड, विशेष अनुदानबाट ६५ करोड, र समपूरक अनुदानबाट १ अर्ब १९ करोड रुपैयाँ प्राप्त हुने पूर्वानुमान गरिएको छ ।

प्रदेशको आन्तरिक आम्दानी ५ अर्ब १८ करोड रुपैयाँ पुग्ने अनुमान छ । चालु वर्षको १ अर्ब २ करोड रुपैयाँ खर्च नहुने र मौज्दातको रूपमा रहने समितिले प्रक्षेपण गरेको छ ।

समितिले तय गरिएको बजेट सीमाभित्रै रहेर योजना निर्माण गर्न सुझाव दिएको छ । साथै, दोस्रो पञ्चवर्षीय योजनाले प्राथमिकता दिएका कार्यक्रमहरूलाई मुख्यतया बजेटमा समेट्न र नयाँ योजनाहरूमा सावधानीपूर्वक बजेट विनियोजन गर्न पनि भनिएको छ ।

गत वर्षहरूमा बजेटको आकार ठूलो देखिए पनि कार्यान्वयनमा समस्या देखिएकाले स्रोत र खर्चको यथार्थ अवस्थालाई मध्यनजर गर्दै समिति गठन गरी सुझाव तयार गरिएको संयोजक देवकोटाले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ३९ बजे

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद