शिक्षा मन्त्रीको राजीनामा- मुख्य कारण शिक्षक आन्दोलन, देखाइन् स्वास्थ्य समस्या « Khabarhub

शिक्षा मन्त्रीको राजीनामा- मुख्य कारण शिक्षक आन्दोलन, देखाइन् स्वास्थ्य समस्या


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरूको आन्दोलनको दबाब थेग्न नसकेपछि राजीनामा दिएकी छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २० दिनदेखि शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा आन्दोलन चलिरहँदा भट्टराईको राजीनामा आएको हो । शिक्षकका माग सम्बोधनबारे प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गम्भीर नहुँदा विभागीय मन्त्री आफैंले कुर्सी छाडेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भट्टराईले बुझाएको राजीनामा पत्रमा स्वास्थयलाई कारण देखाएर काम गर्न नसकिने उल्लेख गरिएको छ ।

‘शिक्षामन्त्री भट्टराईले दिनुभएको राजीनामा पत्रमा स्वास्थ्यको कारण उल्लेख गर्नु भएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘अन्य कारणबारे जानकारी भएन । शिक्षक आन्दोलनबीचमै उहाँले अकास्मत राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाउनु भएको छ।

मन्त्री भट्टराईका प्रेस संयोजक रामजी लम्सालले भने कारण खुलाएका छैनन् । ‘शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो’, उनले भने, ‘के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।’

तर मन्त्री भट्टराईकै सचिवालयका अनुसार नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि शिक्षकहरूले आन्दोलन मोर्चा नछाडेपछि दबाब बढेको थियो । यसअघि शिक्षा मन्त्रालयले वार्ताको कोसिस गरे पनि माग पूरा गर्ने सर्तमा मात्रै बस्ने अडान शिक्षकहरूले लिएका थिए ।

नेपाल शिक्षक महासंघको आह्वानमा २० दिनदेखि जारी सडक प्रर्दशन जारी छ । तर त्यसको निकास खोज्नुपर्ने मुख्य जिम्मेवारी बोकेकी भट्टराईले राजीनामा दिएपछि आन्दोलनको भविष्यबारे पनि प्रश्न उठ्न थालेको छ ।

शिक्षकहरू आन्दोलित रहेकै बेला भट्टराईले गत वैशाख २ गते सभामुख देवराज घिमिरेसहितसँग शिक्षा ऐन अघि बढाउने विकल्पका बारेमा छलफल गरेकी थिइन् ।

वैशाख ५ मा शिक्षामन्त्री भट्टराईलाई थाहै नदिई प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक महासंघका नेताहरूसँग बालुवाटारमा २ घण्टा वार्ता गरेका थिए । त्यसयता सरकार र शिक्षकहरूबीच संवादहीनताको अवस्था छ ।

यही संवादहीनताबीचमा शिक्षामन्त्रीको राजीनामालाई लिएर शिक्षकहरूले शंका आशंका गरेका छन् । ‘यो आन्दोलनलाई कमजोर तुल्याउन गरिएको प्रपञ्च हुन सक्छ । शिक्षकहरू मुर्ख छैनन् । आन्दोलन अन्तिम लक्ष्य र गन्तव्यसम्म नपुगी टुङ्गिने छैन’, शिक्षक महासंघका एक नेताले भने ।

शिक्षक महासंघकै अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि तीन पटक सम्म सम्झौता गरि इमानदारीता नदेखाउने राजनैतिक नेतृत्वले यस पटक कार्यन्वयन नगरी धर नपाउने बताइरहेका छन् ।

तर, वैशाख ५ गते बालुवाटारमा प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको उपस्थितिबिना नै शिक्षकहरूसँग वार्ता गरेयता दूरी झन् बढेको छ । प्रधानमन्त्री माग पूरा गर्नेभन्दा शिक्षकहरूलाई विद्यालयमा फर्किन भनिरहेका छन् । सोमबार पनि उनले शिक्षकहरूलाई विद्यालय फर्किएर गएमा माग पूरा गर्ने आश्वासन मात्रै दिए ।

उनले बरू आन्दोलनका नाममा नाच्ने गाउने कुरालाई एक किसिमको तमासाको संज्ञा दिए । प्रधानमन्त्रीको यो भनाइले अझै पनि शिक्षक र सरकारबीच सहमतिको बिन्दु भेटिने सम्भावन कमजोर भएको छ ।

बिरामी थिइन्

मन्त्री भट्टराई गत फागुनमा बिरामी परेकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गत ११ फागुनमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

घाँटीमा फोका आएर सुन्निएपछि उनी शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

फागुन पहिलो साता घाँटीमा समस्या आएपछि मन्त्री भट्टराई जाँचका लागि अस्पताल पुगेकी थिइन । डाक्टरले आराम गर्न सुझाव दिएका थिए । तर उनी मन्त्रालयको नियमित काममा गइरहेकी थिइन् ।

गाह्रो भएपछि उनी शिक्षण अस्पताल भर्ना भएकी थिइन् ।

त्यसपछि उनी करिब दुई सातासम्म आराम गरेर काममा निस्किएकी थिइन् । सर्जरीपछि १८ फागुनमा टाँका खोलेकी उनले २३ फागुनमा उनले काममा निस्किने बताएकी थिइन् ।

घाँटीको शल्यक्रिया सकेर अस्पतालमा टाँका खोलिएपछि उनी फागुन अन्तिम साता मन्त्रालयको काममा निस्किएकी थिइन् ।

त्यसअघि उनी फागुन ८ गते नै उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी थियन् । उनी फागुन ६ गतेबाट मन्त्रालय गएकी थिइन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ०५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन