चीनमा नेपाली पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन « Khabarhub

चीनमा नेपाली पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा विभिन्न नेपाली खानाका परिकार, पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गरिएको छ । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा सोमबार ‘नेपाल फुड फेस्टिवल २०२५’ मार्फत नेपाली पाककला र संस्कृतिको प्रवर्द्धन गरिएको हो ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल भ्रमण वर्ष २०२५ को अवसरमा चीनमा नेपाली पाक कला तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धनका लागि यो कार्यक्रम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले जानकारी दिए ।
 
कार्यक्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भिडियो सन्देशमार्फत नेपालका विविधतायुक्त एवं समृद्ध पाक परम्पराको चर्चा गर्दै विश्वभरका नागरिकहरूलाई नेपाल भ्रमण गरी नेपाली खाना संस्कृतिको प्रत्यक्ष अनुभव लिन आह्वान गरिन्।

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले नेपाली मौलिक परिकारहरू संसारका अन्य स्थानहरूमा पाइने परिकारभन्दा पृथक र विशेष रहेको उल्लेख गर्दै सहभागीहरूलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरे। विश्व पर्यटन महासङ्घका उपाध्यक्ष स्यु पेंगले चीनमा नेपाली खाना प्रवर्द्धन गर्ने यस प्रयासको प्रशंसा गर्दै नेपाली खानाको स्वाद र त्यससँग जोडिएको स्थानीय संस्कृति अनुभव गर्न आग्रह गरेका छन् ।

चाइना एशोसिएशन अफ ट्राभल सर्भिसका उपमहासचिव जिन झान लिनले नेपाल र चीनबीचको सांस्कृतिक तथा पर्यटन उद्योगको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपाली मौलिक परिकारहरू प्रवर्द्धन गर्नाले पर्यटकहरूलाई नेपालका परम्परागत स्वाद चाख्न थप प्रेरणा मिल्ने बताए।

त्यस अवसरमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपालको आकर्षक पर्यटकीय गन्तव्यबारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपाली पाक संस्कृतिलाई थप बुझेर मात्र नपुग्ने भएको अनुभव लिनका लागि नेपाल भ्रमणका लागि आग्रहसमेत गरे। 

खाना महोत्सवमा सेलरोटी, मःमः, यमरी, जुजु धौ, कागुनुको खीर, चटामरी, छोइला, बरा, गुन्द्रुक, मुस्ताङ आलुलगायतका नेपाली परिकारहरू राखिएको थियो । यसका साथै थांका, मूर्तिहरू, पश्मिना, सिंगिङ बाउल, गलैँचा, गरगहनाहरू, नेपाली चिया र नेपाली हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य तथा गीतसङ्गीत प्रस्तुत गरिएको थियो ।

चार सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको कार्यक्रममा चिनियाँ सरकारी अधिकारीहरू, कूटनीतिक समुदायका प्रतिनिधिहरू (बोलिभिया, बुल्गेरिया, भारत, जापान, श्रीलंका र पनामा लगायतका राजदूतहरू), विश्व पर्यटन महासंघ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिस, ट्राभल एजेन्सी, साथै नेपाली तथा चिनियाँ समुदायका प्रतिनिधि र सञ्चारकर्मी सहभागी भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ३७ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक