दक्षिण एसियाली कराँतेमा नेपाल पहिलो | Khabarhub Khabarhub

दक्षिण एसियाली कराँतेमा नेपाल पहिलो


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

धनगढी – दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ । प्रतियोगतामा सहभागी चाार देश मध्ये नेपाल सबैभन्दा बढी स्वर्णसहित पहिलो बनेको हो ।

प्रतियोगितामा भारत दोस्रो , मलेसिया तेस्रो र भुटान चौथो भएको छ । प्रतियोगिता भारतको झारखण्डमा बैशाख ५ देखि ७ गतेसम्म आयोजना गरिएको हो ।

कुल ९२ पदका लागि भएको खेलमा नेपाल एक्लैले ५४ पदक हात पारेको छ । नेपालबाट सुदूरपश्चिम, कर्णाली र लुम्बीनी प्रदेशबाट खेलाडी सहभागी भएका थिए। सुदूरपश्चिमबाट बाजुरा र कंचनपुर जिल्लाबाट खेलाडी थिए । बाजुरा एक्लैले १२ स्वर्ण २ रजत र १ कास्य जितेको छ ।

बाजुरा देश बाहिर इतिहासमै पहिलो पटक सहभागी भएको हो । सहभागी ८ जना खेलाडीले १६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । ती मध्ये १२ स्वर्ण २ रजत र १ कास्य पदक हात पारेका छन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको तर्फबाट खेलाडी सहभागी गराइएको थियो । खप्तड छेडेदह गाउँपालिका खेल शिक्षक नरेन्द्र ओलीको नेतृत्वमा टोली सहभागि भएको हो । लामो समय भारतको मुम्बई कराँते सिकाएका ओलीले प्रतियोगितामा रेफ्रीको भूमिका समेत निर्वाह गरेका थिए ।

दक्षिण एसियाली खेलमा ओलीले उत्कृष्ट रेफ्री अवार्ड पनि पाएका छन् । इतिहासमै पहिलो पटक अन्तराष्ट्रिय खेलमा सहभागि हुनु नै उपलब्धीको विषय भएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । पदकसहित खेलाडी फर्किदा खुसी भएको उनको भनाइ छ ।

एक जनाले काता र फाइट गरि दुई विधामा भाग लिन पाउने नियम थियो । बाजुराबाट सहभागी शुशिल कठायतले ५५ केजी तौल समूहको काता र कुमुते दुवैमा स्वर्ण जिते । यस्तै ६० केजीमा अमृत बुढाले पनि दुवैमा स्वर्ण जिते । ५० केजी तौल समूहमा अमित रावतले पनि दुवैमा स्वर्ण जिते र ४५ केजी तौल समूहमा शुभम रावतले पनि दुवैमा स्वर्ण जितेका छन् ।

यस्तै महिला सहभागी तर्फ ६० केजी तौल समूहमा रमा रावतले १ स्वर्ण र १ रजत जितीन्, । ५० केजी तौल समूहमा गीता कुमारी कठायतले दुवैमा स्वर्ण जितीन । ४५ केजी तौल समूहमा सरिता कुमारी सुनारले १ रजत १ कास्य जितीत् र ४० केजी तौल समूहमा सुरेन्द्र कुमारी रावतले १ स्वर्ण र १ रजत हात पारिन् ।

तीन दशकदेखि अन्तराष्ट्रिय रेफ्री र प्रशिक्षक भएर बिताएका नरेन्द्र ओलीले आफ्नो जीवनकालकै राम्रो सफलता हासिल गरेको प्रतिक्रिया दिए ।

पछिल्लो समय सुदूरपश्चिमका दुर्गम गाउँहरुमा पनि खेल क्षेत्रको उल्लेख्य विकास भएको पाइन्छ । खेल प्रतिको युवा आकर्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा हुने सफलताले पनि प्रमाणित गरेको छ । स्रोतसाधन र सीप तथा प्रशिक्षण अभावबीच पनि युवाहरुमा खेल रुचि व्यापक देखिन्छ ।

भलिबल होस्, कि फुटबल, क्रिकेट होस् कि कराते गाउँ गाउँमा आयोजना हुने गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड बाहेक कुनै खेल आयोजना नहुने बाजुरामा केही वर्षयता गोल्डकपदेखि क्रिकेटका क्षेत्रीय खेलहरु समेत आयोजना हुने गरेका छन् । यस्तै अभ्यास र सक्रियताले खेल क्षेत्रले राम्रो स्थान लिने गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : ३६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं