किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ « Khabarhub

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन् ।

साहले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार विसं २०८० माघ १९ मा वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी पूर्वअध्यक्षले चार किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो । अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साह विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । पछि विसं २०७९ को निर्वाचनमा एमालेबाट नवराजपुर गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ५२ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार