विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ « Khabarhub

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ ।

केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो ।

छापा मार्ने क्रममा अख्तियारको टोलीले विमानस्थल अध्यागमनका केही कर्मचारीलाई पनि पक्राउ गरेकोछ।

अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल अध्यागमनबाट फिर्ता भएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी अख्तियारले अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको स्रोतले उल्लेख गरेको छ ।

अख्तियार स्रोतका अनुसार भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा जानेहरूबाट अनधिकृत रूपमा करोडौँ रुपैयाँ उठाएको सूचना आएको थियो ।

उक्त सूचनापछि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा हानेर कागजपत्र र कम्प्युटर जफत गरिसकेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : ४१ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते