विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ « Khabarhub

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, कम्तीमा आठ कर्मचारी पक्राउ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ ।

केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो ।

छापा मार्ने क्रममा अख्तियारको टोलीले विमानस्थल अध्यागमनका केही कर्मचारीलाई पनि पक्राउ गरेकोछ।

अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल अध्यागमनबाट फिर्ता भएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी अख्तियारले अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको स्रोतले उल्लेख गरेको छ ।

अख्तियार स्रोतका अनुसार भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा जानेहरूबाट अनधिकृत रूपमा करोडौँ रुपैयाँ उठाएको सूचना आएको थियो ।

उक्त सूचनापछि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा हानेर कागजपत्र र कम्प्युटर जफत गरिसकेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : ४१ बजे

ज्ञान चक्षु इङ्ग्लिस स्कुलको वार्षिकोत्सव शुक्रबार

काठमाडौं– ज्ञान चक्षु इङ्ग्लिस स्कुलले स्थापनाको २० वर्ष पूरा भएको

स्वास्थ्य बीमा संकट : टिचिङले सेवा रोक्दा वीरमा बिरामीको चाप

नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने प्रभावकारी कार्यक्रमका रूपमा लिइएको स्वास्थ्य

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ