पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला | Khabarhub Khabarhub

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा–  बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । 

अन्दाजी ५५ वर्षको मकुना हात्तीलाई स्थानीयवासीले आज बिहान जङ्गलभित्र मृत अवस्थामा देखेर वन कर्मचारीलाई खबर गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । उक्त हात्ती धेरै पहिलेदेखि बिरामी थियो । 

प्रकृति संरक्षण कोषबाट पशु चिकित्सक ल्याएर चार पटक उपचार गराएको श्रेष्ठले जानकारी दिए । ‘हात्ती पहिल्यैदेखि बिरामी थियो,’ उनले भने, “उपचार गरियो, बचाउन सकिएन ।’ 

बिरामी भएर चरनमा जान नसकेपछि उक्त हात्तीका लागि मेचीनगरका युवाको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी)ले बन्दाकोभी, फुलकोभी, तरुललगायतका खाना जङ्गलमै लगेर खुवाउने गरेको थियो ।

वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलका अनुसार उक्त रैथाने हात्तीलाई ‘घुमन्ते गज’ नामकरण गरिएको थियो । लुइँटेलले झापाको जङ्गलमा विचरण गर्दै आएका रैथाने हात्तीलाई तिनीहरूको पहिचान र स्वभावको आधारमा विभिन्न नामकरण गरिँदै आएको बताए ।

हात्ती मरेपछि पोस्टमार्टम जाँचका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली घटनास्थलमा आइपुगेको र आजै खाल्डो खनेर पुरिने जनाइएको छ । –रासस
 

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : ४५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन २७ गते मंगलबार। भाद्र

आज २०८२ साल साउन २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २७ गते मंगलबार। भाद्र

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा