अनेरास्ववियुको महाधिवेशन जेठ २५-२८ गते काठमाडौंमा, तयारी थालियो | Khabarhub Khabarhub

अनेरास्ववियुको महाधिवेशन जेठ २५-२८ गते काठमाडौंमा, तयारी थालियो


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४ औँ राष्ट्रिय महाधिवेशन यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

अनेरास्ववियुले जेठ १ देखि ४ गतेसम्म महाधिवेशन गर्ने बताएको थियो । तर तोकिएको समयभन्दा तीन साता ढिलो महाधिवेशन हुने भएको हो ।

बुधबार काठमाडौंको आरआर क्याम्पसमा आयोजित विशेष कार्यक्रममा अनेरास्ववियु इन्चार्ज तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्लको उपस्थितिमा भएको कार्यक्रमबाट महाधिवेशन तयारी थाल्ने निर्णय गरेको हो ।

महाधिवेशनलाई ऐतिहासिक र स्मरणीय बनाउने लक्ष्यसहित विद्यार्थीहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न संगठनले देशव्यापी व्यापक जनपरिचालन अभियान सञ्चालन गर्ने भएको प्रवक्ता प्रकाश पौडेलले बताए ।

संगठनले समृद्ध भविष्यको निर्माण र शैक्षिक तथा राष्ट्रिय मुद्दामा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यले महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढाएको पौडेलले जानकारी दिए ।

आरआरमा भएको कार्यक्रमको अध्यक्षता अनेरास्ववियु अध्यक्ष समिक बडालले गरे । कार्यक्रममा जनपरिचालन उपसमिति संयोजक एवम् उपाध्यक्ष धर्म गिरि, उपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, मर्यादा बिस्टलगायत सहभागी थिए । अनेरास्ववियुले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारीमा जोड दिएको पौडेलले बताए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ११ बजे

मौरीपालनबाट वार्षिक १५ लाख कमाउँदै ७३ वर्षीय टीकाराम

पर्वत– उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ ।

भयानकै होला भनेको यात्रा समाप्त भयो : रामकुमारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला

किसान श्रेष्ठ भन्छन्– ‘हामीलाई केही चाहिँदैन, पुरानो घर एमाले फर्किन्छौँ’ 

काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा