चुनौतीपूर्ण बन्दै छ विपद् व्यवस्थापन « Khabarhub

चुनौतीपूर्ण बन्दै छ विपद् व्यवस्थापन


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजना र पूर्वी पृतना हेडक्वाटर सुनसरीको व्यवस्थापनमा सञ्चालित ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को आज दोस्रो दिन विराटनगर जुटमिल चौरमा भूकम्प तथा आगलागी जोखिम न्यूनीकरण पूर्वअभ्यास गरिएको थियो ।

सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणको क्रममा कमजोरी एवं त्रुटिका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् । उनले विपद्को समयमा जनताको जीउधनलाई प्राथमिकतामा राखी जोखिम व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले नीति र कानुन निर्माण गरी विपद् व्यवस्थापनका लागि नागरिकप्रतिको दायित्व बोध गर्दै सचेतना कार्यक्रम, स्रोत साधनको व्यवस्था गरिने बताए ।

उनले आधुनिक प्रविधि, तालिम प्राप्त सुरक्षा निकायका जनशक्ति, स्थानीय निकायको सहयोगमा प्रदेश सरकारले झापाको अर्जुनधारा र मोरङको रङ्गेलीमा ‘कोशी प्रदेश विपद् व्यवस्थापन केन्द्र’ निर्माण सुरु गरेको जानकारी दिए ।

दुई दिने सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारी गरी ९० जनाको सहभागिता थियो ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : ११ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका