गैरपेसागत कार्यप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण « Khabarhub

गैरपेसागत कार्यप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायत जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

मिडियाको आवरणमा आफू पत्रकार भएको परिचय दिइ गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी÷गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा विज्ञापनका नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत रुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउनेलगायत गुनासाका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पेसागत आचरणविपरीत यस्ता गैरकानुनी कार्य नगर्न÷नगराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । पत्रकारका विषयमा प्रश्न उठेपछि काउन्सिलले नेपाल पत्रकार महासङ्घ सिरहा जिल्ला शाखालाई सात दिनभित्र उजुरीसहित विवरण उपलब्ध गराउन पत्राचार गरेकोे छ ।

आचारसंहिताबमोजिम दिएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ ।

कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धतासहित निवेदन दिने पाँच वटालाई कालोसूचीबाट फुकुवा गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : ५५ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका