काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु | Khabarhub Khabarhub

काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८२’ का कार्यक्रम सुरु गरेको छ । टुँडिखेलमा सुरु भएको मेलाको प्रारम्भमा रोजगार र स्वरोजगार बन्ने अवसरसँग सम्बन्धित विषयमा अभिमुखीकरण आयोजना गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा तालिमका लागि छनोट भएका १६ सय ४१ जना सहभागी उपस्थिति भएका थिए ।

अपरान्ह साढे ३ बजेदेखि थालिएको अनलाइन नाम दर्तामा १३ सय ७७ जना सोधपुछ र मेलाका विषयमा जानकारी लिन आएको बताइएको छ। उनीहरु सबै अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिए ।

मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जानकारी दिए । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य कामपाको छ ।

कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटिमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई तालिमको प्राथमिकतामा राखिएको पनि कामपाले जानकारी दिएको छ । अठार वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।

तालिमका क्षेत्र र विधा
दश वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइनेछ ।

आईसीटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआई) र यसको प्रयोग (एआई एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम हुने छन् ।

स्पेशल एविलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पिडब्लुडी) र केयर सर्भिस गरी दुई वटा विधाका तालिम चल्नेछन् । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम हुनेछन् ।

गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधामा तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम हुनेछ ।

हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा तालिम हुनेछ । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ । ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ ।

कृषिमा फूलको सजावटसम्बन्धी तालिम हुनेछ । सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम हुनेछ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ११ : ११ बजे

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको

जहाजबाट हेर्दा हाँसिरहेका हिमशृङ्खला (तस्बिरहरू)  

काठमाडौं– सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो

प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज

काठमाडौं- गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धलाई लिएर

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु